Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बिन लादेनलाई समुन्द्रमा फाल्ने अमेरिकन जहाज इरान युद्दमा खटाइने

bk logo final png
  • बागलुङखबर
  • २१ चैत्र २०८१, शुक्रबार ०७:३५

काठमाडौं, २२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आफ्नो तयारी तीव्र पारेका छन् ।

उनले  इरानविरुद्ध यस्तो खतरनाक मास्टरप्लान तयार गरेको छ कि यसले दुश्मनलाई चकित पार्ने ठानिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले यस्तो एक विमान वाहक फारसको खाडीमा तैनाथ गरेका छन्, जसले अलकायदा नेता ओसामा बिन लादेनको शव समुन्द्रमा फ्याँक्न प्रयोग भएको थियो । हो, अमेरिकी नौसेनाको युएसएस कार्ल भिन्सन अब इरानको नाकमुनि राखिने भएको छ ।

यदी इरान अमेरिकासँग नयाँ आणविक सम्झौतामा पुग्न असफल भएमा अमेरिका र इजरायलले संयुक्त रूपमा शक्तिशाली आक्रमण गर्ने स्रोतलाई उद्धृत गर्दै द सनले उल्लेख गरेको छ ।

ओसामालाई समुन्द्रमा फ्याँक्न प्रयोग गरिरहेको युएसएस कार्ल भिन्सन अप्रिल ९ सम्म पर्शियन खाडीमा पुग्न सक्ने जनाइएको छ । अमेरिकाको युएसस ह्यारी एस ट्रुम्यान पहिले नै त्यहाँ उपस्थित छ, जसले इरान समर्थक हुथी आतंकवादीहरूलाई आक्रमणमा सहयोग गरिरहेको छ।

अमेरिकाले इरानलाई चेतावनी दिन रडारबाट पत्ता लगाउन नसकिने स्टिल्थ बमवर्षक पनि देखाएको छ। अमेरिकाले हिन्द महासागरको डिएगो गार्सियामा आफ्नो बी–२ स्टिल्थ बम्बरहरूको एक तिहाइ तैनाथ गरेको छ। स्याटेलाइट तस्बिरहरूले देखाउँछन् कि २० मध्ये ६ वटा बि २ स्पिरिटहरू अब इरानतिर लक्षित गरेर राखिएको छ ।

यी स्टिल्थ बमवर्षकहरू यति शक्तिशाली छन् कि तिनीहरूले इरानको आणविक साइटहरू भूमिगत क्षेत्र पनि नष्ट गर्न सक्छन्। यसबाहेक अमेरिकाको स्ट्राटो ट्याङ्कर विमान पनि तयार छ, जसले हावामा नै इन्धन भर्न सक्छ । यसले ४ हजार किलोमिटरसम्मको उडानमा बी–२ बम्बरलाई सपोर्ट गर्न  सक्दछ।

अमेरिकाको धम्कीले इरानलाई कुनै फरक पर्दैन। ुसिया देशु पछि हट्ने होइन। इरानले अमेरिकाले कुनै गलत कदम चाले आफ्नो बेस ध्वस्त हुने चेतावनी दिएको छ । इरानका एक शीर्ष जनरलले अमेरिका सिसाको घरमा बसेको भन्दै ढुङ्गा हान्न नहुने बताएका छन् । तर, ट्रम्पले इरानलाई दुई महिनाको म्याद थपेका छन् । उसले या त नयाँ आणविक सम्झौता गर्ने वा आक्रमणका लागि तयार रहन भनेको छ ।

इजरायल माथिको हमासको आक्रमणपछि मध्यपूर्वमा अराजकता बढिरहेको बेला ट्रम्प बदला लिने मुडमा रहेको जनाइएको छ। उता, फ्रान्सेली विदेशमन्त्रीले नयाँ आणविक सम्झौता नभए युद्ध  ‘लगभग निश्चित’ भएको स्पष्ट पारेका छन् ।

त्यसो त समाचार स्रोतहरूका अनुसार ह्वाइट हाउसले अप्रत्यक्ष रुपमा इरानसँग कुरा गरिरहेको छ भने अर्कोतर्फ ट्रम्पले आफ्नो सैन्य शक्ति देखाएर दबाब पनि उत्तिकै बढाइ रहेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki