Skip to content

follow us

baglungkhabar.tv

18th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्ववियू निर्वाचन : अध्यक्षमा उम्मेदवारी दिएका सुवेदीले लिए उमेदवारी फिर्ता

  • अर्जुन कार्की
  • १ चैत्र २०८१, शनिबार १७:१९

अर्जुन कार्की
बागलुङ, २ चैत । धवलागिरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएका दिपक सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाल विद्यार्थी संघका नेता समेत रहेका सुवेदीले शुक्रबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् । उनले नेविसंघबाट उम्मेदवार बनेकी सृष्टि आचार्यको प्यानललाई समर्थन गर्ने बताए ।

उम्मेदवारी फिर्ताको समयमा कसैले पनि फिर्ता नलिएको अवस्थामा सबैको उम्मेदवारी कायम रहेपनि सुवेदीले पत्रकार सम्मेलन गरेर फिर्ता लिएको घोषणा गरेका हुन् । उनले वारेसबाट उम्मेदवारी दिएको र वारेसबाटै फिर्ता हुन्छ भन्ने सोचेर उम्मेदवारी फिर्ताको समयमा फिर्ता लिन जानकारी गराएपनि प्राविधिक कारणले उम्मेदवारी कायम रहेको बताए । ‘मैले वारेस मार्फत उमेदवारी दिएको थिएँ, वारेसबाटै फिर्ता हुन्छ भन्ने सोचेर समयमै जानकारी गराएको थिएँ’ उनले भने, ‘प्राविधिक कारणले नाम रहेपनि मेरो उमेदवारी कायम छैन ।’

पत्रकार सम्मेलनमा सुवेदीले आफ्नो तातो रगतको जोशमा उम्मेदवारी दिएको बताउँदै अब जोसले हैन संगठनका लागि उम्मेदवारी फिर्ता गरेको बताए । उनले पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने बताउँदै आफू पछि हटेको र पार्टीले टिकट दिएकी आचार्यलाई समर्थन गरेको बताए । सुवेदीले आफ्नो कारणले नेविसंघको कमजोर उपस्थिति नहोस् भनेर नाम फिर्ता गरेको बताए ।

स्ववियू अध्यक्षको टिकटका लागि नेविसंघमा आचार्य र सुवेदीको रस्साकस्सीपछि आचार्यले टिकट हात पारेकी थिइन । नेविसंघ जिल्ला समिति र नेपाली काँग्रेस जिल्ला समितिले उम्मेदवारी फाइनल गर्न नसकेपछि नेविसंघको केन्द्रीय समितिले आचार्यलाई टिकट दिएको थियो । आचार्यलाई टिकट दिएपछि असन्तुष्ट बनेका सुवेदी स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थिए ।

उक्त पत्रकार सम्मेलनमा नेविसंघको तर्फबाट अध्यक्षकी उमेदवार सृष्टी आचार्यले सुवेदीको निर्णयले धवलागिरी बहुमुखी क्याम्पसमा पहिलो पटक महिला सभापति बन्ने अवसरको ढोका खुलेको बताइन् । उनले सबैको योगदानको कदर गर्दै आफ्नो उमेदवारीमा साथ दिन सबैलाई आग्रह पनि गरिन् ।

सोही समयमा नेविसंघले जारी गरेको निर्वाचन प्रतिबद्दता पत्र पनि सार्वजनिक गरेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

भर्खरै

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki