Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चार वर्षीया सुभेक्षाको उपचारका लागि परिवारद्वारा सहयोगको याचना

bk logo final png
  • बागलुङखबर
  • २८ फाल्गुन २०८१, बुधबार २२:२४

बागलुङ , २८ फागुन । बा.न.पा की ४ वर्षीया बालिकालाई गम्भिर रोग देखापरेपछि परिवारका सदस्यले सहयोगको याचना गरेका छन् ।

बागलुङ नगरपालिका वडा न. सात घर भएकी सुभेक्षा खत्रीलाई ४ वर्षको कलिलो उमेरमा नै मिर्गी जस्तो घातक रोग लागेर धेरै धनराशि खर्च लाग्ने भएपछि उनलाई बचाउँनको लागि परिवारले सहयोगको याचना गरेको हुन् ।

उनका बुवा सागर खत्रीले छोरीलाई बचाउँनका लागि ५० लाख खर्च भइसकेको छ । यो रोगको उपचारका लागि अझै ५० लाख रूपैयाँ बढी खर्च लाग्ने र परिवारका सदस्यले नसक्ने अवस्था भएपछि खत्रीले सहयोगको याचना गरेका हुन् ।

लामो समयको अनुसन्धानपछि मात्र बालिकाको समस्याबारे थाहा भएको हो । अहिले उनको मस्तिष्कको अधिकांश भागमा असर देखापरेपछि पटक पटक बेहोस भएर लड्ने समस्या छ । उपचारपछि ७५ देखि ८० प्रतिशत समस्या समाधान भयो भने परिवारसँगै राख्न सकिने चिकित्सकको सल्लाह रहेको छ ।

सुरुमा बागलुङ, पोखरा हुँदै हाल भारतको दिल्लीस्थित सर गंगाराम अस्पतालमा उपचार भइरहेको हो । हाल आमा मनिषाले छोरीको उपचार गराइरहेकोमा सागर भने सहयोगको खोजी गर्दै आएका हुन् ।

लामो समयको अनुसन्धानपछि मात्र उनकोको समस्याबारे थाहा भएको र मस्तिस्कको अधिकांस भागमा असर परेको छ । जसका कारण पटक पटक बेहोस भएर लड्ने समस्या छ । उपचारपछि ७५ देखि ८० प्रतिशत समस्या समाधान भयो भने परिवारसँगै राख्न सकिने चिकित्सकले सल्लाह दिएका छन् ।

सागरसहित सुवेक्षा खत्री उपचार सहयोग अभियानका संयोजकको रुपमा नेत्रलाल न्यौपाने, सदस्यहरु जीवन रोका, निशान खड्का, कृष्ण अधिकारीले सक्दो प्रयास भैरहेको र परिवार र नातागोताको सहयोगले नपुग्ने भएपछि संचार माध्यममार्फत आम नागरिकमा सहयोगको याचना गर्न आउनुपरेको बताए ।

उनका बुवा सागरले सहयोग गर्नु हुनेले ग्लोबल आइएम ई बैकको आफनो खाता नम्बर ०१२०७०१०२३१३९८ मा सहयोग गर्न आग्रह गरेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki