बागलुङ , २८ फागुन । बा.न.पा की ४ वर्षीया बालिकालाई गम्भिर रोग देखापरेपछि परिवारका सदस्यले सहयोगको याचना गरेका छन् ।
बागलुङ नगरपालिका वडा न. सात घर भएकी सुभेक्षा खत्रीलाई ४ वर्षको कलिलो उमेरमा नै मिर्गी जस्तो घातक रोग लागेर धेरै धनराशि खर्च लाग्ने भएपछि उनलाई बचाउँनको लागि परिवारले सहयोगको याचना गरेको हुन् ।
उनका बुवा सागर खत्रीले छोरीलाई बचाउँनका लागि ५० लाख खर्च भइसकेको छ । यो रोगको उपचारका लागि अझै ५० लाख रूपैयाँ बढी खर्च लाग्ने र परिवारका सदस्यले नसक्ने अवस्था भएपछि खत्रीले सहयोगको याचना गरेका हुन् ।
लामो समयको अनुसन्धानपछि मात्र बालिकाको समस्याबारे थाहा भएको हो । अहिले उनको मस्तिष्कको अधिकांश भागमा असर देखापरेपछि पटक पटक बेहोस भएर लड्ने समस्या छ । उपचारपछि ७५ देखि ८० प्रतिशत समस्या समाधान भयो भने परिवारसँगै राख्न सकिने चिकित्सकको सल्लाह रहेको छ ।
सुरुमा बागलुङ, पोखरा हुँदै हाल भारतको दिल्लीस्थित सर गंगाराम अस्पतालमा उपचार भइरहेको हो । हाल आमा मनिषाले छोरीको उपचार गराइरहेकोमा सागर भने सहयोगको खोजी गर्दै आएका हुन् ।
लामो समयको अनुसन्धानपछि मात्र उनकोको समस्याबारे थाहा भएको र मस्तिस्कको अधिकांस भागमा असर परेको छ । जसका कारण पटक पटक बेहोस भएर लड्ने समस्या छ । उपचारपछि ७५ देखि ८० प्रतिशत समस्या समाधान भयो भने परिवारसँगै राख्न सकिने चिकित्सकले सल्लाह दिएका छन् ।
सागरसहित सुवेक्षा खत्री उपचार सहयोग अभियानका संयोजकको रुपमा नेत्रलाल न्यौपाने, सदस्यहरु जीवन रोका, निशान खड्का, कृष्ण अधिकारीले सक्दो प्रयास भैरहेको र परिवार र नातागोताको सहयोगले नपुग्ने भएपछि संचार माध्यममार्फत आम नागरिकमा सहयोगको याचना गर्न आउनुपरेको बताए ।
उनका बुवा सागरले सहयोग गर्नु हुनेले ग्लोबल आइएम ई बैकको आफनो खाता नम्बर ०१२०७०१०२३१३९८ मा सहयोग गर्न आग्रह गरेका छन् ।