Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्ववियू अध्यक्षमा पदमा तीन जनाको उम्मेदवारी

bk logo final png
  • बागलुङ खबर
  • २८ फाल्गुन २०८१, बुधबार ०७:२८

बागलुङ, २७ फागुन । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । मंगलबार भएको मनोनयनमा एक स्वतन्त्रसहित अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको हो ।

क्याम्पसमा दर्ता भएका ९ संगठनमध्ये नेपाल विद्यार्थी संघको एकल, अखिल संयुक्त प्यानल तथा स्वतन्त्रबाट एक जनासहित तीन जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसपटक नेविसंघ एक्लै चुनावमा गएको छभने अनेरास्ववियु, अखिल क्रान्तीकारी, अखिल छैठौं र राप्रपा विद्यार्थी संघले प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

अखिल संयुक्त प्यानलबाट आश्मिन शेखले अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन् । नेविसंघबाट सृष्टि आचार्यले अध्यक्षमा उम्मेदवारी दिएकी छन् । नेविसंघमा सभापतिको टिकटका लागि भएको रस्साकस्सीपछि आचार्यले टिकट हात पारेकी हुन् । स्वतन्त्र विद्यार्थी समूहबाट नेविसंघका पूर्व नेता दिपक सुवेदीले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । सुवेदी यसअघि नेविसंघबाट स्ववियुको उपाध्यक्ष निर्वाचित भएका थिए । कांग्रेसले आचार्यलाई टिकट दिएपछि असन्तुष्ट बनेका सुवेदी स्वतन्त्र रुपमा चुनावमा होमिन लागेका हुन् ।

अखिल संयुक्तबाट सचिवमा रुद्रबहादुर पुन र कोषाध्यक्षमा रेखा शर्माले उमेदवारी दिएका छन् । सदस्यहरुमा विकल्प घर्ती मगर, सृष्टि क्षेत्री, दिपिका खड्का, सन्दिप बहादुर थापा, सुभम जिसी, भुषन थापा, सुधन विश्वकर्मा र किस्मत घर्ती मगरले उमेदवारी दिएका छन् ।

यस्तै, नेपाल विद्यार्थी संघको प्यानलबाट सचिवमा सचिन हरिजन र कोषाध्यक्षमा विशाल थापाले उमेदवारी दिएको निर्वाचन समितिका सदस्य जोहन बज्रचार्यले जानकारी दिए ।

सदस्यहरुमा दिपसागर सुवेदी, प्रशान्त सुवेदी, सृष्टि घर्ती, सुदिप घर्ती, सुवासबावु घर्ती मगर, सुभम राजभण्डारी, मनिषा घर्ती र सेमान्त पौडेलले उमेदवारी दिएका छन् ।

क्याम्पसमा पटक पटक सिर्जित विवादको समाधान गर्दै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत गोविन्दराज गौतमले बताए । उम्मेदवारी दर्ता गर्नु पूर्व राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघले विभिन्न माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki