Skip to content

follow us

baglungkhabar.tv

19th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

संघीय शिक्षा ऐन जारी गर्न शिक्षकहरुले दलको केन्द्रीय कार्यालयमा धर्ना दिदै, आज कांग्रेसको पालो

bk logo final png
  • बागलुङ खबर
  • २७ फाल्गुन २०८१, मंगलवार ०८:३९

काठमाडौं, २७ फागुन । नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरुले आजदेखि राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिएर संघीय शिक्षा ऐन जारी गर्न दवाब दिने भएका छन् ।

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ । त्यसैगरी फागुन २८ गते नेकपा (एमाले) का केन्द्रीय कार्यालय, चैत १ गते नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, २ गते( नेकपा एकीकृत समाजवादीको कार्यालय, ३गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालयमा धर्ना दिइने बताइएको छ ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरुलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुको माग रहेको छ । बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय शिक्षकहरुले अगाडि सारेका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिअनुसार हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरुसँग भेटगरी विद्यालय शिक्षा ऐन जारी गर्ने पक्षमा सक्रिय हुन दवाब दिने, चैत ७ गतेदेखि १५ गतेसम्म रिले अनशन र चैत २० गतेदेखि काठमाडौं केन्द्रीत अनिश्चित कालीन आन्दोलन हुनेछ ।

उक्त आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म कायम रहने र सो अवधिमा सबै सरकारी कामकाज बहिष्कार गरिने महासंघको चेतावनी छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki