Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एमालेका महासचिव पोखरेल बिहीबार बागलुङ आउने

bk logo final png
  • बागलुङ खबर
  • २१ फाल्गुन २०८१, बुधबार २०:०२

बागलुङ,२१ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेल बिहीबार बागलुङ आउने भएका छन्। नेकपा एमाले बाग्लुङको आयोजनामा वडा केन्द्रित पार्टी निर्माण अभियानको अभिमुखिकरण कार्यक्रममा महासचिव पोखरेल बागलुङ आउन लागेका हुन्।

पार्टीको सञ्चालन गर्ने जरा केन्द्रित अभियानको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको एमाले बाग्लुङले जनाएको छ । वडा र टोल तहमै पार्टीका गतिविधिलाई अगाडि बढाउने पत्रकार सम्मेलनमा जनाइएको छ । एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जरा केन्द्रित अभियानको उद्घाटन गर्न महासचिव पोखरेल बागलुङ आउन लागेको र सम्पूर्ण तयारी समेत पूरा भएको बुधवार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिए ।

वडाको जरा केन्द्रित अभियानालाई अघि बढाउन पार्टीले १० स्थानीय तहमा पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम, फागुन मसान्तभित्र वडास्तरीय अभिमुखीकरण र चैत मसान्तभित्र टोलसम्म अभिमुखीकरण कार्यक्रम गर्ने अध्यक्ष केसीले जानकारी दिए । सोही योजना अनुसार बाग्लुङ बजारमा जिल्ला स्तरीय पार्टी कार्यकर्ता अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको उनले बताए ।

अभिमुखीकरण कार्यक्रममा सम्बन्धित भुगोलका प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारी, पालिकाका निर्वाचित पदाधिकारी, वडा कमिटी अध्यक्षहरु, जनसंगठनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका जिल्ला अध्यक्षहरु गरी करिव एक हजार जनाको सहभागिता हुने नेकपा एमाले जिल्ला कमिटी, बागलुङका सचिव गणेश थापाले जानकारी दिए।

अभिमुखीकरण कार्यक्रम बिहिबार ११ बजेदेखि जोजोलपा पार्टी प्यालेसमा हुने एमाले बागलुङले जनाएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki