Skip to content

follow us

baglungkhabar.tv

15th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बच्चालाई राम्रोसँग खाना खानी बनाउने ७ प्रभावकारी तरिका

bk logo final png
  • बागलुङ खबर
  • १९ फाल्गुन २०८१, सोमबार २१:३७

डा. सन्दिप के.सी.
मेडिकल अफिसर धौलागिरी प्रादेशिक अस्पताल बागलुङ

पछिल्लो समय धेरै आमाबाबुले “मेरो बच्चा केही पनि खान मान्दैन” भन्ने समस्या सामना गरिरहेका छन्। बच्चाको खानपानका बारेमा चिन्ता गर्नु स्वाभाविक हो, तर यसमा खास ध्यान दिएर र सही उपाय अपनाएर हामी बच्चालाई राम्रोसँग खाने बानी बसाल्न सक्दछौं। तलका केही महत्वपूर्ण टिप्सहरू छन्, जसले तपाईंको बच्चालाई स्वस्थ र तन्दुरुस्त राख्नमा मद्दत पुर्याउन सक्छ।

१. जबरजस्ती नगर्नुहोस् : बच्चालाई जबरजस्ती खुवाउँदा झन् खान नमान्न सक्छ। भोक लागेपछि आफैं खान्छ, त्यसैले धैर्य गर्नुस्।

२. खाना रोचक बनाउनुहोस् : एउटै खाना बारम्बार नदिई, रंगीन, स्वादिष्ट र विभिन्न प्रकारका खाना दिनुस्। फलफूल, तरकारी, दाल, दूध, गेडागुडी मिसाएर दिनुस्।

३. खेलकुद र शारीरिक गतिविधि गराउनुहोस् : बच्चाले दिनभरि खेलेर सक्रिय भए भोक बढ्छ। बाहिर घुम्न, दौडने, खेल्ने वातावरण मिलाउनुस्।

४. टिभी र मोबाइल हेर्दै खाना नखुवाउनुहोस् : बच्चाको ध्यान खाना होइन, स्क्रिनमा जान्छ, जसले भोक कम गराउँछ। परिवारसँग बसेर खान दिनु राम्रो हुन्छ।

५. पोषणयुक्त खाना साना मात्रामा बारम्बार दिनुहोस् : बच्चाले धेरै खाँदैनन्, त्यसैले सानो सानो मात्रामा, तर पौष्टिक खानेकुरा दिनुस्। बिहान दूध र फलफूल, दिउँसो दालभात/ढिडो, बेलुकी हल्का स्न्याक्स दिने बानी बसाल्नुस्।

६. बच्चालाई आफैं खान दिनुस् : बच्चाले आफैं हातले खान थालेमा रुचि बढ्छ। बच्चालाई रमाइलो लाग्ने गरी खाना दिनुस् (रंगीन तरकारी, आकार बनाइएको फलफूल आदि)।

७. आवश्यक भए स्वास्थ्य जाँच गराउनुहोस् : यदि बच्चाको वजन घट्दै गएको छ भने अस्पतालमा जाँच गराउनुस् । पेटमा कीरा भए Albendazole साढे दुई वर्षमाथिका सबै बच्चालाई ६-६ महिनामा दिनुपर्छ। जिंक र भिटामिन कमी भए खान नमान्न सक्छ, चिकित्सकसँग सल्लाह लिनुस्।

ध्यान दिनुपर्ने कुरा: 

बच्चालाई तनावमुक्त वातावरणमा खान दिनुस्।

अभिभावक नै राम्रो खाने बानी अपनाउनुस्, बच्चाले सिक्छ।

बच्चा स्वस्थ भए खान थालेपछि आफैं रुचि बढ्छ। यदि बच्चाले लामो समयसम्म केही खान मान्दैन भने चिकित्सकलाई देखाउन आवश्यक छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

चैत्राष्टमी मेलामा हनुमान नाँच प्रदर्शन गरिने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

बलेवामा अटोरिक्सा दुर्घटना: तीन जना घाईते

बागलुङमा आज देखि गलेश्वर यातायात प्रालि संचालन

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki