Skip to content

follow us

baglungkhabar.tv

13th July 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सहकारी रजिष्ट्रारको कार्यालयद्वारा कुश्मामा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न

bk logo final png
  • बागलुङ खबर
  • १९ फाल्गुन २०८१, सोमबार १७:४०

कुश्मा, १९ फागुन । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले पर्वतको कुश्मामा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यालयले आफ्नो नियमन क्षेत्राधिकार भित्रका सहकारी संघ संस्थाहरूको प्रवर्धनका लागि एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

फागुन १३ गते सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा एकदिने अन्तर्क्रिया गोष्ठी सम्पन्न गरेको जनाइएको छ । अन्तर्क्रिया गोष्ठीको समन्वय जिल्ला सहकारी संघ, पर्वतले गरेको थियो । कार्यक्रम सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल र कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलको उपस्थिति रहेको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय, पर्वतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रवीन विष्ट, सहकारी संघ, पर्वतका अध्यक्ष शेषराज रेग्मी र कुश्मा नगरपालिकाको सहकारी शाखा प्रमुख राधादेवी शर्मा, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघका पदाधिकारीका साथै पर्वत जिल्लाका विभिन्न सहकारी संस्थाका ११५ जनाको सहभागिता रहेको जनाइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उपप्रमुख रिजालले सहकारीलाई उत्कृष्ट व्यावसायिक संस्था बनाउन सञ्चालक लगायतका जिम्मेबार पदाधिकारीहरू इमान्दारी बन्नुपर्ने बताइन् । उनले कोपोमिस तालिम लिएर पनि सहकारीका तथ्यांक सिष्टममा इन्ट्री नगर्ने प्रवृत्तिले सहकारी सुशासन प्रवर्धन नहुने भन्दै कुश्मा नगरपालिका अन्तर्गतका समस्यामा परेका सहकारीलाई सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

अन्तर्क्रियामा कुश्मा नगरपालिकाका सहकारी संघ संस्थाहरूको अवस्था, समस्या र समाधानका उपाय, सम्पत्ति शुद्धीकरण निवारण र ऋण लगानी तथा ऋण असुली सम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । सहभागीहरूले विगतका अन्तक्र्रिया गोष्ठी र तालिममा उठान भएका सबै विषय कार्यान्वयन नभएकाले कार्यान्वयन गर्नुपर्ने, अनुगमन नियमन बढाउनुपर्ने, ऋण उठ्न कठिन भएपछि सहकारीमा समस्या पर्न थालेकोले ऋण उठाउने रणनीति बनाउनुपर्ने, कार्यक्षेत्र र प्रकृति मिल्दा सहकारी एकीकरणमा जान उचित हुने विचार राखेका थिए ।

त्यसैगरी सहभागीले निष्क्रिय सहकारी संस्थाहरू अद्यावधिक नहुँदा र केही सहकारी समस्या उन्मुख हुँदा राम्रा सहकारीहरूमा समेत समस्या परेकोे विश्लेषण गरेका थिए ।

सहकारीहरूको ऋण लगानी र असुली कार्यका प्रक्रियागत कुराहरूमा एकरूपता हुनुपर्ने तथा संस्थाहरूबीच लाभांश वितरण, व्याजदर निर्धारण, ऋण लगानी, सदस्यता प्रदान जस्ता क्रियाकलापहरूमा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने विषयमा समेत चर्चा भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

लोकप्रिय

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

दोस्रो आदर्श कपको सेमिफाइनल समिकरण पूरा

कक्षा १२ को नतिजा सार्वजनिक

लेखक रोहिणी राणाको पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक

भर्खरै

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki