Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सहकारी रजिष्ट्रारको कार्यालयद्वारा कुश्मामा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न

bk logo final png
  • बागलुङ खबर
  • १९ फाल्गुन २०८१, सोमबार १७:४०

कुश्मा, १९ फागुन । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले पर्वतको कुश्मामा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यालयले आफ्नो नियमन क्षेत्राधिकार भित्रका सहकारी संघ संस्थाहरूको प्रवर्धनका लागि एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

फागुन १३ गते सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा एकदिने अन्तर्क्रिया गोष्ठी सम्पन्न गरेको जनाइएको छ । अन्तर्क्रिया गोष्ठीको समन्वय जिल्ला सहकारी संघ, पर्वतले गरेको थियो । कार्यक्रम सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल र कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलको उपस्थिति रहेको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय, पर्वतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रवीन विष्ट, सहकारी संघ, पर्वतका अध्यक्ष शेषराज रेग्मी र कुश्मा नगरपालिकाको सहकारी शाखा प्रमुख राधादेवी शर्मा, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघका पदाधिकारीका साथै पर्वत जिल्लाका विभिन्न सहकारी संस्थाका ११५ जनाको सहभागिता रहेको जनाइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उपप्रमुख रिजालले सहकारीलाई उत्कृष्ट व्यावसायिक संस्था बनाउन सञ्चालक लगायतका जिम्मेबार पदाधिकारीहरू इमान्दारी बन्नुपर्ने बताइन् । उनले कोपोमिस तालिम लिएर पनि सहकारीका तथ्यांक सिष्टममा इन्ट्री नगर्ने प्रवृत्तिले सहकारी सुशासन प्रवर्धन नहुने भन्दै कुश्मा नगरपालिका अन्तर्गतका समस्यामा परेका सहकारीलाई सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

अन्तर्क्रियामा कुश्मा नगरपालिकाका सहकारी संघ संस्थाहरूको अवस्था, समस्या र समाधानका उपाय, सम्पत्ति शुद्धीकरण निवारण र ऋण लगानी तथा ऋण असुली सम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । सहभागीहरूले विगतका अन्तक्र्रिया गोष्ठी र तालिममा उठान भएका सबै विषय कार्यान्वयन नभएकाले कार्यान्वयन गर्नुपर्ने, अनुगमन नियमन बढाउनुपर्ने, ऋण उठ्न कठिन भएपछि सहकारीमा समस्या पर्न थालेकोले ऋण उठाउने रणनीति बनाउनुपर्ने, कार्यक्षेत्र र प्रकृति मिल्दा सहकारी एकीकरणमा जान उचित हुने विचार राखेका थिए ।

त्यसैगरी सहभागीले निष्क्रिय सहकारी संस्थाहरू अद्यावधिक नहुँदा र केही सहकारी समस्या उन्मुख हुँदा राम्रा सहकारीहरूमा समेत समस्या परेकोे विश्लेषण गरेका थिए ।

सहकारीहरूको ऋण लगानी र असुली कार्यका प्रक्रियागत कुराहरूमा एकरूपता हुनुपर्ने तथा संस्थाहरूबीच लाभांश वितरण, व्याजदर निर्धारण, ऋण लगानी, सदस्यता प्रदान जस्ता क्रियाकलापहरूमा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने विषयमा समेत चर्चा भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki