Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सभ्यता र संस्कृतिमाथिको आक्रमण अस्वीकार्य : जनजाति महासंघ

bk logo final png
  • बागलुङखबर
  • १७ फाल्गुन २०८१, शनिबार २१:४१

बागलुङ, १७ फागुन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङले विकासको नाममा सभ्यता र संस्कृति माथिको आक्रमण अस्वीकार्य रहेको बताएको छ ।

शनिबार बागलुङमा पत्रकार भेटघाटको कार्यक्रम गर्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बोमबहादुर गुरुङले ताप्लेजुङमा निर्माण गर्न लागिएको पाथीभरा केबलकार त्यहाँको मुन्धुमी संस्कृति र सभ्यतामाथिको ठाडो आक्रमण भएको भन्दै केबलकार निर्माण प्रक्रिया तत्काल रोक्न माग गरे ।

विकासको नाममा किराँत संस्कृतिको परम्परा माथी हस्तक्षेप भएको बताउँदै केवलकारको नाममा धावा बोलिएको र विकासको नाउँमा बिनास गर्न लागिएको उनको भनाई छ । ‘हामीले विकासको विरोध गरेका होईनौं तर विकास पनि किन आदिवासी जनजाति भूमिपुत्रहरुको आस्था र संस्कृतिमाथि धावा बोल्ने गरी गर्न खोजिन्छ भन्ने मात्रै हाम्रो प्रश्न हो,’उनले भने,‘राष्ट्रिय जनावर गाई काटेको आरोपमा कैयौं मानिस जेलमा छन् तर राष्ट्रिय फूल लालीगुराँसको लाखौं बोट काटेर कुनै एउटा व्यापारीले आफ्नो व्यापारीक स्वार्थमा लाग्दा चाँही राज्यको सबै निकाय लागेर उसैको पक्षपोषण गर्ने कुन तहको न्याय हो ?’

किराँत सभ्यताको ऐतिहासिक मुन्धुमीस्थल मुकुमलुङमा त्यहाँको स्थानीय नागरिकको सहमति बेगर जबरजस्ती बनाउन लागिएको केबलकार निर्माण तत्काल रोकिनुपर्ने उनले बताए । ‘राज्यले आन्दोलनकारीसंग वार्ता पनि गरे जस्तो गर्ने र नो केबलकार पक्षधरलाई घरघरमै कुटपिट गर्ने र झुटा मुद्दा लगाउने काममा लागेको छ, ’उनले भने, ‘यसले विद्रोहको सिर्जना गर्छ । संस्कृति, प्रकृति र सभ्यतामाथि जबरजस्ती गरिए आन्दोलनको आँधी बेहरी आउन सक्छ, त्यसतर्फ सचेत रहन सबै पक्षलाई आह्वान गर्न चाहान्छौं ।’

विभिन्न बहानामा राज्य झन् झन् पश्चगामी हुँदै जान खोजेको उनको आरोप छ । ‘विभिन्न समयका आन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्ने भन्दा राज्य झन् झन् पश्चगामी हुँदै जान खोजेको देखिन्छ,’उनले भने,‘यो या त्यो बहानामा जनजाति संस्कृति र सभ्यता नास गर्ने र मूलबासी समुदायले उपभोग गर्दै आएका अधिकारहरु पनि खोस्ने कार्यमा राज्य उद्यत देखिन्छ । यसले विद्रोह सिर्जना गर्छ ।’ राज्यसत्ता नश्लीय रुपमा अगाडि बढ्न खोजेको उनले आरोप समेत लगाए ।

हाइ अल्टिच्युटका कारण केवलकारमा पुग्ने मानिसको श्वासप्रश्वासमा समस्या हुने, मृत्यु समेत हुन सक्ने र केवलकार निर्माण गर्दा हिमाली क्षेत्रमा फुल्ने लालीगुराँसलगायत वनस्पति नष्ट हुने भएकोले स्थानीयले विरोध गरेकोमा राज्यले जबरजस्ती गरेकोले बिरोध गरिएको बताइएको छ ।

पछिल्लो समय राज्यले आदिवासी जनजातीको संस्कार, संस्कृति र परम्परा विरोधी गतिविधि गरेको समेत परिषदले आरोप लगाएको छ ।

‘राज्यले लगानी नै खोजेको भए कर्णालीमा तुइन समेत नपाएर विद्यालय नगएका बालबालिकाका लागि केवलकार बनाउन सक्नुपर्छ’ गुरुङले भन्नुभयो, ‘यो विषयमा राज्यले चासो राख्नुपर्छ ।’

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki