Skip to content

follow us

baglungkhabar.tv

13th July 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेस्रो जेसीज कप फुटबल प्रतियोगिता भोलिदेखि

bk logo final png
  • बागलुङखबर
  • १७ फाल्गुन २०८१, शनिबार २१:१९

बागलुङ, १७ फागुन । आइतबारदेखि बागलुङमा तेस्रो जेसीज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगितामा ११ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

सामाजिक कार्यमा अग्रसर बागलुङ जेसीसले आइतबार अर्थात भोलिदेखि २४ गतेसम्म तेस्रो संस्करणको फुटबल कप आयोजना गर्न लागेको हो । युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय रहेको बागलुङ जेसीजले विभिन्न युवा केन्द्रीत तथा समाज रुपमान्तरणका कार्य गर्दै आएको छ ।

पछिल्लो समयमा युवाहरुकै आकर्षणको रुपमा रहेको फुटबल खेललाई प्रवद्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष प्रतियोगिताको आयोजना गर्ने बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितालाई फरक सन्देश दिने उद्देश्यका साथ वातावरण संरक्षणको सन्देश पनि प्रवाह गर्ने अध्यक्ष श्रेष्ठले बताए । उनले फुटबललाई वातावरण संरक्षणको विषयसँग जोड्दै ‘एक गोल, एक वृक्ष, एक खेलाडी एक वृक्ष र एक सदस्य एक वृक्ष अभियान संचालन गरिनेछ र प्रतियोगिताबाट हुने मुनाफाको केही हिस्सा वातावरण संरक्षण कार्यमा लगानी गरिने अध्यक्षले जानकारी दिए ।

प्रतियोगितामा करिव १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार २ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ भने द्धितीय पुरस्कार १ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ ।

त्यस्तै सेमिफाईनलमा पुग्ने टिमलाई नगर १५/१५ हजार रुपैयाँ, फियर प्ले टिमलाई ५ हजार रुपैयाँ र ट्रफि, उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैँया र ट्रफि, उत्कृष्ट फरवार्डलाई ३ हजार रुपैँया र ट्रफि, उत्कृष्ट मिडफिल्डरलाई ३ हजार रुपैँया र ट्रफि, उत्कृष्ट डिफेन्डरलाई ३ हजार रुपैँया र ट्रफि, उत्कृष्ट गोलरक्षकलाई ३ हजार रुपैँया र ट्रफि तथा मेन अफ दि म्याचलाई नगद १ हजार रुपैँया र ट्रफिको व्यवस्था गरिएको बागलुङ जेसीजका महासचिव सुलभ खड्काले जानकारी दिए ।

प्रतियोगिताको क्रममा हुने सक्ने सम्भावित दुर्घटनालाई मध्यनगर गरी नेको इन्स्युरेन्सले खेलाडीको १ लाख बराबरको विमा गरिदिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले युवाहरुको आर्कषणको रुपमा रहेको फुटबल खेललाई बागलुङ जेसीजले निरन्तरता दिएको बताए ।

बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठको अध्यक्षता, महासचिव सुलभ खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

लोकप्रिय

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

दोस्रो आदर्श कपको सेमिफाइनल समिकरण पूरा

कक्षा १२ को नतिजा सार्वजनिक

लेखक रोहिणी राणाको पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक

भर्खरै

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki