Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विभिन्न मुद्दामा फरार रहेका चार प्रतिवादी पक्राउ

bk logo final png
  • बागलुङखबर
  • १३ फाल्गुन २०८१, मंगलवार २०:२५

बागलुङ, १३ फागुन । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बागलुङ तथा उच्च अदालत पोखरा बागलुङ इजलासबाट विभिन्न समयमा सजाय तथा जरिवाना फैसला भएका चार जना प्रतिवादीलाई प्रहरीले आईतबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्ला अदालत बागलुङबाट २०८१ असार ५ गते पशुपंक्षी सम्बन्धि कसूरमा २ महिना ७ दिन सजाय सुनाईएका बागलुङको गलकोट नगरपालिका १ का प्रेम भन्ने प्रिम सार्की, ३ महिना सजाय सुनाईएका सोही स्थानका सुरेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (डिएसपि) विजय यादवले जानकारी दिए ।

यस्तै पक्राउ पर्नेहरुमा चोरी मुद्दामा जिल्ला अदालतबाट २०७९ पुष २ गते ४ महिना आठ दिन कैद तथा १० हजार रुपियाँ जरिवाना सजाय सुनाईएका गलकोट नगरपालिका १० का प्रविण पुन र उच्च अदालत पोखरा बागलुङ इजलासबाट २०८१ बैशाख २३ गते बहुविवाह मुद्दामा ३ महिना १७ दिन कैद तथा १० हजार रुपियाँ जरिवना सजाय सुनाईएका गलकोट नगरपालिका १ का झक्त बहादुर खत्री छन् ।

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियानलाई तीव्र पारेको बागलुङ प्रहरीले आइतबार पक्राउ परेका चारै जनालाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालतमा पठाएको डिएसपि यादवले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki