Skip to content

follow us

baglungkhabar.tv

11th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लेखानीमा कृषि सामाग्री हस्तान्तरण

  • ११ फाल्गुन २०८१, आईतवार १८:५१

सुजन रेग्मी
बागलुङ, ११ फागुन । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

महिला उद्यमशिलता विकासका लागि महिला लक्षित कार्यक्रम अन्तरगत काठेखोला गाउँपालिकाको आयोजना र काठेखोला गाउँपालिका महिला समन्वय समितिको व्यवस्थापनमा लेखानीका कृषकहरुलाई कृषि सामाग्री तथा टर्नेल निर्माण प्रविधि हस्तान्तरण गरिएको हो । महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तीन दिने तालिम पछि सामाग्री हस्तान्तरण गरिएको काठेखोला गाउँपालिका महिला शाखा प्रमुख रश्मी गौतमले बताउनुभयो ।

गौतमका अनुसार १७ वटा प्लाष्टिक टनेल, १७ वटा ड्रम र सिचाईको लागि पाईप हस्तान्तरण गरिएको थियो । तालिममा सहभागि महिला कृषकहरुलाई उक्त सामाग्री गाउँपालिकाका अध्यक्ष राजु थापाले हस्तान्तरण गर्नुभएको थियो ।

तालिमको समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष राजु थापाले कृषकलाई व्यवसायिक बनाउन गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले कृषकहरुलाई चाहिने तालिम, सामाग्रीहरु गाउँपालिकाले उपलब्ध गराउने बताउँदै कृषकहरुलाई ढुक्कसँग कृषिकर्ममा लाग्न अनुरोध गर्नुभयो । ‘कृषकहरुलाई दक्ष बनाउनको लागि गाउँपालिकाबाट तालिम संचालन गरेका हौं,’ अध्यक्ष थापाले भन्नुभयो,‘कृषकहरुलाई सहयोग होस् भनेर हामीले कृषिका सामाग्रीहरु हस्तान्तरण गरेका हौं । सबै कृषकहरुलाई सामाग्रीलाई सदुपयोग गर्दै कृषि कर्ममा प्रयोग गर्नुहोला ।’

तालिमको समापन समारोहमा वडा नं. १ का वडाअध्यक्ष खडक थापा, वडा नं. ८ का वडाअध्यक्ष प्रमानन्द कंडेल, कार्यपालिका सदस्य पूर्णमाया सुनार, प्रशिक्षक अग्नि कंडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महिला समन्वय समितिका संयोजक सुन्तली विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महिला शाखा प्रमुख तथा महिला समन्वय समितिका सदस्य सचिव रश्मी गौतमले गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विपद् उद्धार सामग्री हस्तान्तरण

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

मालढुङ्गाको पुल जोखिममा

बागलुङमा डेङ्गीका विरुद्ध खोज र नष्ट अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki