Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज

  • ११ फाल्गुन २०८१, आईतवार ०९:३९

हुमनाथ पौडेल, काठमाडौँ, ११ फागुन। जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुदै छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ ।

समुह ए मा रहेका भारत र पाकिस्तान पछिल्लो पटक गत जुनमा सम्पन्न टी-२० विश्वकपमा खेलेका थिए । पछिल्ला बर्षहरुमा आइसीसी प्रतियोगिता बाहेकका खेल नखेलेका भारत र पाकिस्तानबीचको क्रिकेट खेल बहुप्रतिक्षित हुने गदर्छ ।

प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने पाकिस्तान घरेलु मैदानमा न्यूजील्याण्डसँग हार बेहोरेर दबाबमा रहेको छ ।

यो खेल जितेमा भारत सेमिफाइनलमा पुग्ने हुनाले पनि उसका लागि महत्वपूर्ण खेल रहेको छ भने डिफेन्डिङ च्याम्पियन रहेको पाकिस्तानले हार बेहोरेमा प्रतियोगिताबाट नै बाहिरिने भएकाले जित्नैपर्ने दबाबका बीच खेल्दै छ ।

यस अघि २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।

पछिल्लो सिरिजहरुमा भारत र पाकिस्तानले एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । भारतले घरेलु मैदानमा इङल्याण्डविरुद्ध खेलेको सिरिज क्लीन स्वीप गरेको थियो भने पाकिस्तानले अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्धका सिरिज जितेपछि घरेलु मैदानमा खेलेको त्रिकोणात्मक सिरिजको फाइनलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो ।

एकदिवसीय क्रिकेटमा दुवै टिम अहिलेसम्म १३५ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले धेरै खेल जितेको छ । पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।

भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तमा देशको मात्र खेल हुदैन, यो खेलाडी खेलाडीबीचको प्रतिद्वान्दिता पनि रोचक हुने गर्दछ ।

यस खेलमा पनि भारतका कप्तान रोहित शर्मा र पाकिस्तानका बलर शाहीन शाह अफ्रिदीबीचको खेल हेर्न लायक हुने छ । शाहीनले अहिलेसम्म रोहितलाई ४ खेलमा २ पटक आउट गरेका छन् । त्यस्तै रोहितले शाहीनविरुद्ध अहिलेसम्म केवल ५६ बल फेस गरेका छन् भने ४८ रन बनाएका छन् ।

त्यस्तै विराट कोहली र पाकिस्तानका लेग स्पीनर अबरार अहमदबीचको प्रतिष्पर्धा पनि रोचक हुने देखिन्छ । कोहली पछिल्ला खेलहरुमा लेग स्पीनरहरुसँग खेल्न संघर्ष गर्दै आएका छन् । यस्तो अवस्थामा अहमदले कोहलीलाई चुनौती दिनसक्छन् । २०२४ एता खेलेका ५ खेलमा कोहलीले केवल २१ रन बनाएका छन् र पाँचै पटक लेग स्पीनरबाट आउट भएका छन् ।

त्यस्तै पाकिस्तानका ब्याट्सम्यान बाबर आजम र भारतीय बलर मोहमद शामीबीचको प्रतिद्वान्दिता पनि यस खेलमा हेर्न लायक हुने छ ।  शामीले पहिलो खेलमा बंगलादेशविरुद्ध ५ विकेट लिदै एकदिवसीय क्रिकेटमा आफ्नो २०० विकेट पुरा गरेका छन् । एकदिवसीय क्रिकेटमा बाबर र शामीको पहिलो पटक आमने सामने हुदै छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki