Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज

  • ११ फाल्गुन २०८१, आईतवार ०९:३९

हुमनाथ पौडेल, काठमाडौँ, ११ फागुन। जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुदै छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ ।

समुह ए मा रहेका भारत र पाकिस्तान पछिल्लो पटक गत जुनमा सम्पन्न टी-२० विश्वकपमा खेलेका थिए । पछिल्ला बर्षहरुमा आइसीसी प्रतियोगिता बाहेकका खेल नखेलेका भारत र पाकिस्तानबीचको क्रिकेट खेल बहुप्रतिक्षित हुने गदर्छ ।

प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने पाकिस्तान घरेलु मैदानमा न्यूजील्याण्डसँग हार बेहोरेर दबाबमा रहेको छ ।

यो खेल जितेमा भारत सेमिफाइनलमा पुग्ने हुनाले पनि उसका लागि महत्वपूर्ण खेल रहेको छ भने डिफेन्डिङ च्याम्पियन रहेको पाकिस्तानले हार बेहोरेमा प्रतियोगिताबाट नै बाहिरिने भएकाले जित्नैपर्ने दबाबका बीच खेल्दै छ ।

यस अघि २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।

पछिल्लो सिरिजहरुमा भारत र पाकिस्तानले एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । भारतले घरेलु मैदानमा इङल्याण्डविरुद्ध खेलेको सिरिज क्लीन स्वीप गरेको थियो भने पाकिस्तानले अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्धका सिरिज जितेपछि घरेलु मैदानमा खेलेको त्रिकोणात्मक सिरिजको फाइनलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो ।

एकदिवसीय क्रिकेटमा दुवै टिम अहिलेसम्म १३५ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले धेरै खेल जितेको छ । पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।

भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तमा देशको मात्र खेल हुदैन, यो खेलाडी खेलाडीबीचको प्रतिद्वान्दिता पनि रोचक हुने गर्दछ ।

यस खेलमा पनि भारतका कप्तान रोहित शर्मा र पाकिस्तानका बलर शाहीन शाह अफ्रिदीबीचको खेल हेर्न लायक हुने छ । शाहीनले अहिलेसम्म रोहितलाई ४ खेलमा २ पटक आउट गरेका छन् । त्यस्तै रोहितले शाहीनविरुद्ध अहिलेसम्म केवल ५६ बल फेस गरेका छन् भने ४८ रन बनाएका छन् ।

त्यस्तै विराट कोहली र पाकिस्तानका लेग स्पीनर अबरार अहमदबीचको प्रतिष्पर्धा पनि रोचक हुने देखिन्छ । कोहली पछिल्ला खेलहरुमा लेग स्पीनरहरुसँग खेल्न संघर्ष गर्दै आएका छन् । यस्तो अवस्थामा अहमदले कोहलीलाई चुनौती दिनसक्छन् । २०२४ एता खेलेका ५ खेलमा कोहलीले केवल २१ रन बनाएका छन् र पाँचै पटक लेग स्पीनरबाट आउट भएका छन् ।

त्यस्तै पाकिस्तानका ब्याट्सम्यान बाबर आजम र भारतीय बलर मोहमद शामीबीचको प्रतिद्वान्दिता पनि यस खेलमा हेर्न लायक हुने छ ।  शामीले पहिलो खेलमा बंगलादेशविरुद्ध ५ विकेट लिदै एकदिवसीय क्रिकेटमा आफ्नो २०० विकेट पुरा गरेका छन् । एकदिवसीय क्रिकेटमा बाबर र शामीको पहिलो पटक आमने सामने हुदै छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki