Skip to content

follow us

baglungkhabar.tv

2nd May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दारी ग्याङको नवौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • ९ फाल्गुन २०८१, शुक्रबार २१:५०

काठमाडौं, ९ फागुन । सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समुह दारी ग्याङ विगत ८ वर्ष देखी विभिन्न सामाजिक क्षेत्रमा निरन्तर रुपमाक्रियाशिल रहेको छ । विगतमा यस समुहले शिक्षा, स्वास्थ्य, विज्ञान, आवास, वातावरण लगाएतका क्षेत्रमा सामाजिक रुपान्तरणको लागि विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

यसै सन्दर्भलाइ मध्यनजर गर्दै दारी ग्याङले फाल्गुन ६ गते देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर नवौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। दारी ग्याङले काठमाण्डौमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम ,दन्त परीक्षण कार्यक्रम तथा सुलेखन कलाको कार्यक्रम गरेर भव्यताका साथ सम्मन्न गर्यो भने रुपन्देहीमा पुष्परोपण तथा सन्ध्याकालिन भजन किर्तन कार्यक्रम गरेर मनाएका छन। नवलपरासीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो भने पोखराले हिमालयन एनिमल रेस्क्यु ट्रस्टमा आवश्यक खाद्यान्न र मेडिकल सामाग्री प्रदान गरि वार्षिकोत्सब मनाएको छ ।

त्यस्तै, धनगढीमा सडकका कुकुर तथा चौपाया लाइ सहयोग गर्ने कार्य गर्दै रोयल जोरायल क्लवसँग मैत्रीपुर्ण फुटसलको आयोजना पनि भएको थियो। त्यसैगरी दारी ग्याङ झापा र झापा ब्लड डोनर सोसाइटी बिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। दाङको घोराहीमा पनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरी मनाइएको छ त्यस्तै सप्तरीको फत्तेपुर, नवलपरासी, पथरी शनिश्चरे मोरङ, दोलखा, गोरखा, कंचनपुर लगायत विभिन्न ठाउँमा पनि भेटघाट तथा चियापान गरेर नवौँ बार्षिकोत्सब मनाएका छन् र विदेशमा वेलायतका दुइ ठाउँ लण्डन र प्रेस्टोनमा पनि भव्यताका साथ मनाएर नवौँ वार्षिकोत्सव सम्पन्न भएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

बागलुङ कारागारमा मतदान सकियो

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

भर्खरै

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki