बागलुङ , ७ फागुन । बागलुङमा पनि प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस बागलुङमा पनि मनाइएको हो ।
कार्यक्रममा पुर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले देशमा प्राप्ती भएको लोकतन्त्र कसैले दिएको बकस नभएको दाबी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागलुङमा आयोजित मूल समारोह कार्यक्रममा सम्बोधन गर्दै केसीले अहिलेका हरेक परिवर्तन जनताले नै संघर्ष गरेर ल्याएको हुँदा यो कसैको बकस नभएको बताएका छन् ।
उनले सत्ता र शक्तिका लागि विभिन्न नेता आउने जाने भएता पनि जनता आफूहरुले ल्याएको परिवर्तनमा ज्ञाता भएको दाबी गरे । ‘नेता त शक्तिका लागि आउँछन् जान्छन्। जनता त सँगै साक्षी छन् नी केसीले भने,‘केही प्रतिगामीले जनताले संघर्ष गरेर ल्याएको गणतन्त्रको आवश्यकता छैन भन्दै गरेका छन, ति सबै देशका लागि घाती हुन, लोकतन्त्र र गणतन्त्रका लागि सधै हामी पहरेदार भएर लागौं ।’
उनले लोकतन्त्र र गणतन्त्रलाई संकटमा पर्न नदिन जनतालाई आग्रह गरे । केसीले ७५ वर्ष अगाडि राणा शासनको अन्त्य हुने बेलाको कुरा सम्झँदै त्यसयता मुलुकमा कति परिवर्तन भए तर व्यवस्था परिवर्तन भए अनुसार देशको समस्या समाधान हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेको केसीले मुलुकमा जनताले दुःख गरेर ल्याएको लोकतन्त्र र गणतन्त्रमाथि कालो बादल मडारिएको बताए । उनले केही प्रतिगामी तत्वकै कारण जनताले ल्याएका परिवर्तनमा नै समस्या उत्पन्न भएकोमा चिन्ता व्यक्त गरे । उनले सत्ता र शक्तिमा बस्नेले नराम्रो गरेपनि उनीहरुलाई सजाय दिनका निम्ती लोकतन्त्र आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली काङ्गे्रसका जिल्ला सदस्य महेन्द्र आचार्य, अन्तरपार्टि महिला सञ्जालाका कोषाध्यक्ष ललिता थापाले मन्तव्य राखेका थिए ।कार्यक्रमको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको अध्यक्षता प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीको स्वागत मन्तव्य र जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।