Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

देशभरी नै फागुनदेखि दोस्रो पटक आर्थिक गणना हुने

bk logo final png
  • बागलुङखबर
  • ७ फाल्गुन २०८१, बुधबार ०८:२३

बागलुङ, ७ फागुन । २०८२ फागुन देखि दोस्रो पटक आर्थिक गणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले यो अभियान देशभरी नै संचालन गर्ने जनाएको छ । पहिलो पटक २०७५ बैशाखमा भएको आर्थिक गणना यस पटक आउँदो फागुन देखि हुने भएको छ ।

संघ प्रदेश तथा स्थानिय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्थाका आधारभुत तथ्याङ्कहरु संकलन गर्नुका साथै व्यावसायिक प्रतिष्ठानको कूल संख्या, प्रतिष्ठानको वैधानिक स्थिति, वैदेशिक पूँजीको लगानी, कूल स्थिर सम्पत्तिमा भएको लगानी, लगायतका विषयमा सर्वेक्षण गरिने उद्देश्यका साथ यो अभियान संचालन गर्न लागिएको छ ।

यसका साथै लिंग अनुसार रोजगारीको स्थिति, प्रतिष्ठानको ऋणमा पहुँच लगायतका सूचक पत्ता लगाउन गणना गर्न लागिएको हो तथ्याङ्क समन्वय कार्यालय बागलुङले जनाएको छ ।

आर्थिक गणना अभियानमा गैरकृषि आर्थिक क्रियाकलापहरू सञ्चालन गर्ने सबै प्रकारका प्रतिष्ठानहरू र कृषि क्षेत्रको दर्ता गरिएका प्रतिष्ठानहरू नेपाल स्तरीय औद्योगिक वर्गीकरण अनुसारका विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान र व्यवसायहरूलाई गणनामा समावेश गरिएको गरिने तथ्याङ्क समन्वय कार्यालय बागलुङका तथ्याङ्क अधिकृत चन्द्रकान्त सुवेदीले जानकारी दिए । कार्यालयका अनुसार निश्चित स्थानमा आर्थिक क्रियाकलाप सञ्चालन गर्ने स्थिर प्रवृत्तिका प्रतिष्ठानहरूलाई आर्थिक गणनाको परिधिमा समेटिने छ ।

तथ्यांककै आधारमा योजना तर्जुमा तथा नीति निर्माण हुने भएकाले स्थलगत भ्रमण र अध्ययनपछि प्राप्त हुने तथ्यहरु भरपर्दो र विश्वासिलो हुने अपेक्षा गरिएको छ । सोही अनुसार गणकहरु व्यवस्थापन गरेर सम्बन्धीत प्रतिष्ठानमा नै पुगेर गणना गरिने तथ्याङ्क समन्वय कार्यालय बागलुङका प्रमुख महेश प्रसाद ढुंगानाले जानकारी दिनुभयो । तथ्याङ्क ऐन २०७९ अनुसार हरेक क्षेत्र र वर्ग सँग संकलित भएको आर्थिक विवरण गोप्य रहने समेत ढुंगानाले जानकारी दिनुभयो । ‘आर्थिक गणना केही जटिलता पनि हुन्छ । सवै विवरण गोप्य पनि रहने छ । कार्यालय प्रमुख ढुंगानाले भन्नुभया,‘यो नेपाल सरकारको प्राथमिकताको कार्यक्रम हो कोही कसैले आफ्नो विवरण लुकाउन पनि पाउँदैन र उहाँहरुले प्रदान गरेको विवरण हामी गोप्य पनि राख्ने छौं ।’ उहाँले वित्तिय तथा विमा, सूचना सञ्चार, कृषि, वन माछापालान, खानी उत्खनन लगायतका २१ वटा आर्थिक वर्गिकरणका सूचकहरु रहेता पनि विभिन्न १८ वटा सूचकमा आर्थिक गणना हुने बताउनुभयो ।

अभियानमा संलग्न गणकले जिल्ला भरी संकलन गरेको आर्थिक विवरणलाई प्रशोधन गरी विश्लेषणात्मक प्रतिवेदन तयार गरेर यसको नतिजा सार्वजनिक गर्ने तथ्याङ्क अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

कार्यालयले जिल्लाका सरोकारवाला सँग आर्थिक गणनाको विषमा अन्तरक्रिया समेत गरेको छ भने गणनका लागि ईए नक्सा निर्माण, प्रश्नावली, निर्देशिका र अन्य फारामहरु तयार पारिसकेको छ ।

अन्तरक्रिया कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले आर्थिक गणना कार्यक्रममा यसको बर्गिकरणमा परेको क्षेत्रहरु छुट्न नहुने बताउनुभयो । कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजनकुमार श्रेष्ठ, पत्रकार महासंघका सचिव नारायण रिजाल, सहसचिव डम्मर बुढा मगरले गणनालाई प्रभावकारी रुपमा संचालन गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले तथ्याङ्का कार्यालयले गणना मात्र हैन नतिजा पनि समयमा नै सार्वजनिक गर्न आग्रह गरेका थिए ।

जिल्लामा कति जना गणक तथा जनशक्ति खटिने भन्ने हाल सम्म सुनिश्चित नभएको र उक्त कार्य केन्द्रीय तथ्याङ् विभागले नै गर्ने जनाईएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki