Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

४३ औं स्थापना दिवसका अवसरमा चौँथो लखन कप फागुन ११ देखि

bk logo final png
  • बागलुङ खबर
  • ४ फाल्गुन २०८१, आईतवार १९:०९

सुजन रेग्मी
बागलुङ, ४ फागुन । ४३ औं नेपाल मगर संघ स्थापना दिवसको अवसरमा नेपाल मगर संघ बागलुङले चौंथो ‘लखन कप खेलकुद’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फागुन ११ देखि १५ गतेसम्म ५ दिवसीय विविध खेलका कार्यक्रम गर्न लागिएको नेपाल मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनले जानकारी दिनुभयो ।

लखन कपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, पुरुष तथा महिला छेलो प्रतियोगिता, पुरुष तथा महिला रस्साकस्सी (लठ्ठो तान्ने) प्रतियोगिता आयोजना गरिने भएको हो । भलिबलतर्फ वडास्तरीय समूहले भाग लिन पाउने छन् ।

पुरुष भलिबलतर्फ प्रथम हुनेलाई ८१ हजार १ सय ८१ र द्वितीय हुनेलाई ४१ हजार १ सय ४१ रुपैयाँ पुरस्कार रहेको छ भने महिलातर्फ प्रथम हुनेलाई ३० हजार र द्वितीय हुनेलाई १५ हजार रुपैयाँ दिने आयोजकले जनाएको छ ।

छेलो प्रतियोगितामा पुरुषतर्फ प्रथमलाई ८ हजार र द्वितीयलाई ४ हजार र महिलातर्फ प्रथम हुनेलाई ५ हजार र द्वितीयलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने छ । रस्साकस्सीतर्फ पनि पुरुषको प्रथम ५ हजार र द्वितीयलाई ३ हजार, महिलातर्फ प्रथमलाई ४ हजार र द्वितीयतर्फ २ हजार पुरस्कार दिइने जनाएको छ ।

जिल्लाको कुल जनसंख्याको ३० प्रतिशत मगर समुदाय रहेकोले पहिचानका लागि पनि दिवस मनाउने गरिएको पुनले जनाए । खेल आयोजनाका लागि ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रमको मूल समारोह फागुन १५ गत हुनेछ । चार वर्षदेखि संघले लगातार लखन कप आयोजना गर्दै आएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki