Skip to content

follow us

baglungkhabar.tv

8th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रेस चौतारी पत्रकारीता पुरस्कार गौतम र आचार्यलाई

bk logo final png
  • बागलुङखबर
  • २१ माघ २०८१, सोमबार २०:३६

बागलुङ, २१ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले दुई क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको क्रियाशील पत्रकारिता पुरस्कारबाट ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्य पुरस्कृत हुने भएका हुन् । उक्त पुरस्कार २०७२ सालमा स्थापना गरेर प्रदान गरिदै आएको छ ।

यस्तै गत वर्षबाट प्रदान गरिदै आएको प्रेस चौतारी युवा क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकका सह–सम्पादक खेमराज गौतमलाई प्रदान गरिने भएको छ । पत्रकारद्वय आचार्य र गौतम २०७५ सालदेखि राष्ट्रिय समाचार समितिमा समेत आबद्ध रहेका छन् ।

सोमबार बसेको प्रेस चौतारी जिल्ला कमिटीको बैठकले छनोट समितिको सिफारिसका आधारमा आचार्य र गौतमलाई पुरस्कृत गर्ने निर्णय गरेको जिल्ला शाखा बागलुङका अध्यक्ष सिर्जना पन्तले जानकारी दिनुभयो ।

जिल्ला शाखाले २०७२ सालमा स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कार जेष्ठता, क्रियाशीलता, निरन्तरताका आधारमा हरेक बर्ष अग्रज पत्रकार छनोट गरेर प्रदान गर्दै आएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेकोे भाग्यले बाँचेका डकुमेन्ट्रि प्रदर्शन गरेर उक्त पुरस्कार कोष स्थापना गरिएको थियो । यसअघि उक्त पुरस्कार कोषबाट नौ जना पत्रकार पुरस्कृत भैसकेका छन् ।

त्यस्तै २०७९ सालमा स्थापना गरिएको युवा पत्रकारिता पुरस्कार गौतमलाई प्रदान गर्न लागिएको हो । युवा क्रियाशील पत्रकारिता पुरस्कार गत वर्ष तारानाथ आचार्यलाई प्रदान गरिएको थियो ।

यस वर्ष क्रियाशिल पत्रकारिता पुरस्कार छनौट समितिमा पूर्व केन्द्रिय सचिव रामृकष्ण शर्माको संयोजकत्वमा सल्लाहकार रामृकष्ण बोहोरा र जिल्ला अध्यक्ष सृजना पन्त रहनुभएको थियो ।

यस्तै युवा क्रियाशील पत्रकारिता पुरस्कार छनौट समितिमा प्रेस चौतारी गण्डकी प्रदेश उपाध्यक्ष उमाकान्त शर्माको संयोजकत्वमा पूर्व जिल्ला इन्चार्ज खिम कार्की र जिल्ला अध्यक्ष सिर्जना पन्त रहनुभएको थियो ।

प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार जेष्ठता, क्रियाशीलता र निरन्तरताका आधारमा दिइने कार्यविधि रहेको छ भने युवा क्रियाशील पत्रकारिता पुरस्कार जिल्लाको सक्रिय पत्रकारलाई दिइने छनौट समितिका संयोजक उमाकान्त शर्माले जानकारी दिनुभयो ।

समाज परिवर्तनका क्षेत्रमा कलम चलाउने युवा पत्रकारहरु मध्येबाट पुरस्कृत गर्ने गरी उक्त पुरस्कार कोष स्थापना गरिएको थियो । दुवै पुरस्कारको राशी दश दश हजार रुपैयाँ रहेको अध्यक्ष सिर्जना पन्तले बताउनुभयो । प्रेस चौतारी नेपालको ८ औं अधिवेशन तथा २० औं वार्षिक साधारणसभाका अवसरमा मंगलबार पुरस्कार प्रदान गरिने छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चैत्राष्टमी मेलामा ४३ लाख रुपियाँ खर्च

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki