Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पोखरामा कोपोमिस तालिम शुक्रबार सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • १९ माघ २०८१, शनिबार ०९:०५

काठमाडौं, १९ माघ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको आयोजना तथा कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीको समन्वयमा पोखरामा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम शुक्रबार सम्पन्न भएको छ ।

पुष १३ देखि १५ गतेसम्म सन्चालन भएको तालिममा पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाका विभिन्न सहकारी संस्थाका २६ जना व्यवस्थापक एवं कर्मचारीहरूको सहभागीता थियो ।

कृषि व्यवसाय प्रवर्धन तथा तालिम केन्द्र, मालेपाटन, पोखराको तालिम भवनमा भएको तालिमको सहकारी रजिष्ट्रार भेषराज रिजालले अध्यक्षता गरेका थिए भने कृषि व्यवसाय प्रवर्धन तथा तालिम केन्द्र, मालेपाटन, पोखराका कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारी र सञ्चालक पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

तालिममा सहकारी कानुन तथा सुशासन प्रवर्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्था र कोपोमिस तथ्याङ्क प्रणालीको परिचय र कोपोमिस प्रणालीमा सहकारी तथ्याङ्क प्रविष्टि सम्बन्धी कार्यपत्र प्रस्तुती एवं प्रयोगात्मक सेसन भएका थिए ।

सहभागीहरूले कोपोमिस प्रणालीमा प्रविष्ट गर्नुपर्ने समष्टिगत विवरण, साधारणसभा सम्बन्धी विवरण, निर्वाचन सम्बन्धी विवरण, सम्पत्ति शुद्धीकरण सम्बन्धी विवरण र मासिक विवरण सम्बन्धमा विस्तृतरूपमा अभ्यास गरेका थिए । तालिम कार्यक्रममा सहकारी रजिष्ट्रार भेषराज रिजाल, शाखा अधिकृत ईश्वरी ढकाल र तथ्याङ्क अधिकृत सूर्यप्रसाद आचार्यले कार्यपत्र प्रस्तत गरेका थिए ।

तालिममा रजिष्ट्रार रिजालले सहकारी संस्थाको सुशासनका लागि कोपोमिस प्रणालीको कार्यान्वयन अपरिहार्य रहेको बताए । उनले तालिमले सहकारी संस्थामा पारदर्शिता, जवाफदेहिता र नैतिकता प्रवर्धन गर्ने विश्वास लिएको बताए ।

कृषि व्यवसाय प्रवर्धन तथा तालिम केन्द्र, मालेपाटन, पोखराका कार्यालय प्रमुख नीलकण्ठ पोखरेलले ज्ञानमा आधारित कार्य उपलब्धिमूलक हुने भन्दै व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि भएका सूचना र तथ्याङ्कका आधारमा अनुगमन समेत गर्न सकिने धारणा राखे ।

त्यसैगरी कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारीले सहकारीको व्यवस्थापकीय कार्य चुनौतीपूर्ण रहेकोले व्यवस्थापकलाई निपुर्णता दिन कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीको गठन र सञ्चालन गरिएको बताउँदै तालिममा सहभागी रहेका व्यवस्थापक र कर्मचारीहरूले आआफ्ना सहकारीका सत्यतथ्य सूचना र तथ्याङ्क कोपोमिस प्रणालीमा तत्काल प्रविष्टि गर्नुपर्ने कुरामा जोड दिए ।

सहभागीहरूका तर्फबाट बोल्दै विष्णप्रसाद चापागाईं र लक्ष्मी बास्तोला पौडेलले आफूहरूले सिकेका ज्ञान, सीप सहकारी संस्थामा उपयोग गर्ने प्रतिबद्धता जनाउँदै अन्य सहकारीहरूलाई समेत यस्ता तालिम उपलब्ध गराउनुपर्ने विचार व्यक्त गरे ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki