Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अबको जातिय आन्दोलन संस्कार संस्कृतिको संरक्षणमा केन्द्रित हुनुपर्ने

bk logo final png
  • बागलुङखबर
  • १८ माघ २०८१, शुक्रबार ०८:४०

बागलुङ, १८ माघ । अबको जातिय आन्दोलन संस्कार संस्कृतिको संरक्षणमा केन्द्रित हुनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

बिहीबार बागलुङ आयोजना गरिएको नेपाल मगर विद्यार्थी संघ बागलुङको १२ औं जिल्ला अधिवेसनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले मगर विद्यार्थीहरु अधिकार प्राप्तीका लागि मात्रै नभई आफ्नो भाषा संस्कृतिको संरक्षणमा पनि लाग्नुपर्ने बताए । ‘हाम्रा जातिय अधिकारहरु अझै धेरै प्राप्ती हुन बाँकी छन्, त्यति हुँदा हुँहै हामी अब अधिकारका लडाइँमा मात्रै होईन हाम्रो भाषा संस्कारको संरक्षण र प्रवर्धनमा लाग्नुपर्छ,’उनीहरुले भने,‘हाम्रो पहिचान भनेको नै हाम्रो भाषा संस्कृति हो ।’

भाषा संस्कृतिको संरक्षण बिना पहिचान नरहने उनीहरुको भनाई थियो । ‘नेपालकै सम्पत्तीको रुपमा रहेको हाम्रो आफ्नै संस्कृति छ, आफ्नै भाषा छ, यसलाई जोगाउन सकिएन भने हाम्रो पहिचान पनि समाप्त हुन्छ,’उनीहरुले भने । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले मगर विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल हुनुपर्ने बताए । ‘हामी मगर विद्यार्थीहरु अब हरेक क्षेत्रमा अब्बल हुनुपर्छ,’उनले भने,‘राजनीतिक सामाजिक क्षेत्रसंगै देशको कर्मचारीतन्त्रमा समेत हाम्रो बलियो उपस्थीति नभएसम्म हाम्रो अस्तित्व सधैं खतरामा हुन्छ ।’

हिजोका दिनमा राज्यले अबलम्बन गरेको विभेदकारी नीतिका कारण हराउँदै गएको भाषा संरक्षण गर्नु अब मगर समुदाय र युवा विद्यार्थीहरुको दायित्व रहेको उनको भनाई थियो । ‘हिजोको समयमा राज्यले एक भाषा एक धर्मको नीति अबलम्बन गर्दा हाम्रा भाषाहरु हराउँदै गएका छन्,’उनले भने,‘अब त्यसमा हामीले राज्यलाई दोष दिएर मात्रै पुग्दैन, हाम्रो भाषा जोगाउन हामी आफै लाग्नुपर्नेछ ।’ गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई प्रदेश सरकारको कामकाजी भाषा बनाउने गरी विद्येयक ल्याउन लागेको भन्दै उनले यो समग्र समगर समुदायको लागि गौरवपूर्ण क्षण रहेको बताए ।

‘गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजी बनाउने भनेर विद्येयक ल्याउँदैछ, त्यसबारे छलफल पनि भए,’उनले भने,‘यो हाम्रा लागि गौरवको क्षण हो । यसलाई कार्यान्वयनमा ल्याउन र प्रभावकारी बनाउनका लागि हाम्रै भूमिका महत्वपूर्ण रहन्छ । त्यसका लागि हामी सबै लाग्नुपर्छ ।’ कार्यक्रममा बोल्दै नेपाल मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनले मगर विद्यार्थीहरु जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताए । ‘हाम्रा अगाडि धेरै चूनौतीहरु छन्,’उनले भने,‘त्यो समस्यालाई सामना गर्नका लागि युवा विद्यार्थीहरुले अग्रसरता लिनुपर्ने हुन्छ ।’

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य यामबहादुर रोका मगर, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव मनिष थापा, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समिति अध्यक्ष डेक पुन, नेपाल मगर संघ बागलुङ नगर समिति अध्यक्ष हिराबहादुर थापामगर, नेपाल मगर विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस इकाई समिति अध्यक्ष विशाल थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागलुङका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संगम घर्तीमगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल मगर विद्यार्थी संघ बागलुङका कार्यबाहक अध्यक्ष डम्मर बुढामगरको अध्यक्षता, सहसचिव अञ्जु रानाको सञ्चालन र जिल्ला सदस्य कृष्ण अठारे मगरको स्वागतमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki