Skip to content

follow us

baglungkhabar.tv

26th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा कार्की चयन

bk logo final png
  • बागलुङखबर
  • १७ माघ २०८१, बिहीबार १०:१९

बागलुङ, १७ माघ । नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा मनोज कार्की चयन हुनुभएको छ ।

संगठनको बुधबार बागलुङ बजारमा सम्पन्न १२ औं जिल्ला अधिवेशनले कार्कीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा राधिका थापा मगर र राजु खत्री, सचिवमा तुलसिराम कंडेल, सहसचिव कसिन्द्र शाही र कोषाध्यक्षमा नकुल शर्मा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा मिलन थापा मगर, मेघराज रिजाल, यादवदत्त रेग्मी, उषा सुवेदी गौतम, टिकादेवी रिजाल, मोनिका रुचाल, तुल्सी रेग्मी, मानसिंह पुन, सुरेन्द्रप्रसाद पाध्याय, शुयष सापकोटा, ऋषिराम गोतमे, राम बहादुर थापा र रोशन पन्थी चयन हुनुभएको छ ।

अधिवेशनले लेखा परिक्षण आयोगको संयोजकमा शोभा केसी, सदस्यहरुमा कमल अधिकारी र टेकनारायण रिजाललाई चयन गरेको छ । अधिवेशनले केन्द्रिय प्रतिनिधिमा श्याम कुमार थापा, रामप्रसाद उपाध्याय, सरस्वती देवि रेग्मी, थम्मन बहादुर रेश्मी, कृष्ण प्रसाद आचार्यलाई चयन गरेको छभने प्रदेश प्रतिनिधिमा श्याम कुमार थापा मगर, खिम बहादुर बिक, प्रकाश शर्मा, जुद्ध बहादुर पराजुली, खिम कुमारी राना र देवी कुमारी शर्मालाई चयन गरेको छ ।

संगठनको १२ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले समाजको चरित्र अनुसारका नीति तथा कानूनहरु तयार गर्नुपर्ने बताउनुभयो । नेपालको संविधानले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको भएपनि समाजको चरित्र अनुसारका नीति बन्न नसकेकोमा मन्त्री पाठकले चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री पाठकले निजामती सेवा ऐन लामो समय बन्न नसक्दा कर्मचारीका वृत्तिविकास लगायतमा प्रभाव परिरहेको भन्दै लोकतन्त्रको स्थापनाका लागि महत्वपूर्ण योगदान गरेको समग्र निजामती क्षेत्रको मनोबल उच्च हुनेगरी ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकार जनताका समस्या समाधान गर्न बनेको सरकार भएकाले केन्द्रिय सरकारले अध्यादेशमार्फत जनताका दिनानुदिनका समस्या समाधान खोजेको बताउनुभयो । पाठकले नेपालको निजामती क्षेत्रप्रति बेला बेलामा नागरिकका तहबाट प्रश्न आउने गरेको भन्दै त्यसलाई चिर्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले जनभावना अनसार नीति र विधिमा रहेर कर्मचारीले काम गर्नुपर्नेमा जोड दिए । उनले निजामती क्षेत्र प्रतिको विश्वास बढाउन आग्रह गरे । नेकपा एमाले जिल्ला कमिटि बागलुङका अध्यक्षमा कार्की चयन अध्यक्ष हिराबहादुर केसीले सेवा प्रवाह चुस्त र द्रुत बनाउनका लागि कर्मचारीको मनोवल उच्च राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य भरत भुसाल, गण्डकी प्रदेशका पूर्वअध्यक्ष अशोक खनाल, जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, जिल्ला समन्वय समिति बागलुङका जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद शर्मा, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख सुदर्शन सिलवाल, निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देवप्रकाश घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संगठनका अध्यक्ष श्याम थापाको अध्यक्षतामा सम्पन्न उद्घाटनसत्रमा केन्द्रिय प्रतिनिधि सरस्वती शर्मा रेग्मीको स्वागत र सचिव मनोज कार्कीको सञ्चालन रहेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

भर्खरै

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki