बागलुङ, १७ माघ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा चारदिने अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
SNCU Level II Care Package सम्बन्धी दोस्रो समूह (Second Batch) का लागि आयोजित चारदिने अभिमुखीकरण कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको हो।
मिति २०८१ माघ १३ देखि १६ गतेसम्म सञ्चालन भएको कार्यक्रमको समापन समारोहमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्री किरण तिवारीज्यूको विशेष उपस्थिति रहेको थियो।
यसअघिको पहिलो समूह (First Batch) को अभिमुखीकरण कार्यक्रम गत वर्ष सफलतापूर्वक सम्पन्न भइसकेको थियो। कार्यक्रमलाई प्रदेश अस्पताल वेनीका वरिष्ठ बालरोग विशेषज्ञ (Consultant Pediatrician) डा. श्री कुशल बराल, धौलागिरी प्रादेशिक अस्पताल बागलुङका मेडिकल अधिकृत डा. श्री सन्दिप केसी, नर्सिङ अधिकृत श्रीमती अजिता सिलवाल तथा वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक श्री मिलन बरुवालज्यूहरूले सहजीकरण गर्नुभएको थियो।