बागलुङ १४ माघ । एन प्याब्सन नगरपालिका कार्यसमितिको आयोजनामा यही माघ १६ गतेदेखि १८ गतेसम्म ‘नेशनल प्याब्सन स्पोर्टस–२०८१’ हुने भएको छ । नगर कार्यसमितिले सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराएको हो ।
एन प्याब्सन बागलुङ नगर समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीका अनुसार १८ स्वर्ण पदका लागि प्रतियोगिता हुन लागेको जानकारी दिए । क्षेत्रीका अनुसार एन प्याब्सनमा आवद्ध आठ विद्यालयमा ४०० विद्यार्थी प्रतियोगितामा सहभागी हुने छन् । एउटा बोर्डिङबाट कम्तीमा ५० जना विद्यार्थी सहभागी हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
बागलुङ नगरपालिका अन्तर्गत रहेका ८ बोर्डिङ स्कूल सहभागी हुने कार्यक्रममा १००, २०० मिटरको छात्ररछात्रा दौड, ४०० मिटरको रिले दौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटफुट, ज्याब्लिङ थ्रो, छात्रा कबड्डी, छात्र फुटबल, महिला शिक्षक रस्साकस्सी, पुरुष शिक्षक ब्याटमिन्ट प्रतियोगिता आयोजना गरिएको एन प्याब्सन बागलुङ नगर समितिका सचिव निसान खड्काले जानकारी दिए ।