सुजन रेग्मी
पर्वत, १२ माघ । पर्वतको जलजला गाउँपालिका वडा १ बासखर्कमा आयोजित एकदिने सुन्तला महोत्सव सम्पन्न भएको छ । जलजला गाउँपालिका १ बासखर्ख र जलजला गाउँपालिकाको आयोजनामा १ दिने महोत्सव शुक्रबार सम्पन्न भएको हो ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बासखर्कलाई सुन्तला प्रवर्धन गर्न गण्डकी प्रदेशले कार्यक्रम ल्याउने बताए ।
उनले भने, “२० देखि ५०० रोपनिमा कृषि गर्ने कृषकलाई सरकारले ५० ५ अनुदान दिने गरेकालाई व्ययावसायिक कृषकलाई सरकारले सहयोग गर्छ ।”
प्रदेश सरकारले गर्ने काम जति गरेको छ । स्थानित तहले योजना माग्दा क्षेत्रलाई हेरेर माग्नु पर्न बताए । खानेपानी र सिचाईका कार्यक्रमलाई सम्पन्न गर्ने र सके पछि मात्र नयाँ योजना अगाडि ल्याउने उनले बताए ।
गाउँमा नै उत्पादन खच्किदा आयआर्जनकोमा कमि आएको बताए । कृषि क्षेत्रलाई र कृषकलाई टेवा दिन गण्डकी प्रदेशले सहयोग र सहकार्य गर्ने बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य राष्टिय सभा सदस्य मनरुपा शर्मा प्रदेश सचिव ,बाबुराम विष्ठ ,गण्डकी प्रदेश शभा सदस्य रेखा गुरुङ, गण्डकी प्रदेश शभा सदस्य भक्त कुवर ,सहकारी मन्त्री पद्मा जिसि श्रेष्ठ , पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बस्याल जलजला गाउँपालिकाका सस्थापक अध्यक्ष याम बहादुर मल्लले जनताको नीतिगत बिकासको विषयमा प्रदेश सरकारले सहयोग गर्ने बताए । सडक र पुर्वाधार बिकासका र कृषि क्षेत्रमा आएका समस्यालाई सहयोग हुने बताउँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम वडा अध्यक्ष जग बहादुर रोकाको अध्यक्षता, गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको स्वागत तथा युवाराज अर्गजाको सञ्चालनमा सम्पन्न भएको थियो ।