Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जनमत मावि ४४ वर्षमा, शिक्षा विकासको मेरुदण्ड हो -मन्त्री पाठक

bk logo final png
  • बागलुङ खबर
  • २२ पुष २०८१, सोमबार १६:१७

बागलुङ /गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विकासको पहिलो मेरुदण्ड भनेकै शिक्षा भएको बताएका छन । उनले अहिलको आवश्यकता भनेको समय अनुकूल व्यावहारिक शिक्षा रहेको हुँदा विद्यालयस्तरमा यसलाई पनि जोड दिनुपर्ने बताए ।

बागलुङ नगरपालिका १३ पैयुँपाटा बास्कोटमा रहेको जनमत माध्यमिक विद्यालयको ४४औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री पाठकले समय अनुकूल व्यवहारिक शिक्षा प्रदान गर्नु राज्यको दायित्व भएको उल्लेख गरे । शिक्षा क्षेत्रमा राज्यले लगानी गरे अनुसार प्रतिफल प्राप्त नभएको गुनासो गर्दै मन्त्री पाठकले विद्यार्थी शिक्षक र अभिभावकले राज्यको लगानीलाई खेर जान नदिन आग्रह गरे । पाठकले सामुदायिक विद्यालयको संस्थागत विकासका निम्ती विद्यालयमा समुदायको पनि उत्तिकै दायित्व भएको बताए । ‘हाम्रा सामुदायिक विद्यालय निजी विद्यालयसँग प्रतिस्पर्धी मात्र हैन अब्बल बनाउनुपर्दछ पाठकले भने,—‘विद्यालयलाई अब्बल बनाउने हात भनेकै शिक्षक र विद्यार्थीको मात्र हैन समुदायको पनि हुन्छ यसमा सबैले साथ दिन आवश्यक रहेको छ । उनले पछिल्लो समयमा सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्कदै गएकोमा चिन्ता व्यक्त गरे । पाठकले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबै तहको निरन्तर सहयोग आवश्यक रहेको बताए । उनले विद्यार्थीले अध्ययन अनुसन्धानलाई नियमित ध्यान दिन जरुरी रहको भन्दै असल र अब्बल हुुन सवैले सिक्नुपर्ने बताए । पाठकले गण्डकी प्रदेश सरकारले सवै नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने बताए ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं. १२ का वडा अध्यक्ष कोपिलामणी शर्मा, नेकपा माओबादी केन्द्र पैयुँपाटाका अध्यक्ष रेशमबहादुर खत्री, विद्यालयका संरक्षक एकनाथ रेग्मी, गणेश माध्यामिक विद्यालय नारायणस्थानका प्रधानाध्यापक एकनाथ रिजाल, विद्यालयका संस्थापक एवं सल्लाकार नरप्रसाद रिजाल लगायतले बोलेका थिए ।

बार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्यापन गर्ने उत्कृष्ण शिक्षक ठाकुर प्रसाद रिजाललाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो भने विद्यालयका शिक्षक परशुुराम रिजाललाई उत्कृष्ट शिक्षकको रुपमा एकनाथ,दुर्पादेवी प्रतिपा पुरस्कारबाट सम्मान तथा पुरस्कृत गरिएको थियो । कुल १८६ जना विद्यार्थी रहेको उक्त विद्यालयमा स्थायी दरबन्दी, राहत र निजी गरी हाल २० जना शिक्षक कर्मचारी कार्यरत रहेका छन ।

पौष १८ गते देखी संचालन गरिएको बार्षिकोत्सव कार्यक्रममा सदनात्मक हाँजीरी जवाफ प्रतियोगिता, फुटसल प्रतियोगिता अन्य खेलकुदका कार्यक्रम तथा साँंस्कृतीक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमकै अवसरमा विद्यालयमा स्थापना भएका विभिन्न छात्रबृत्रि तथा प्रतिभा पुरस्कार जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि प्रदान गरिएका विद्यालयका प्रध्यानध्यापक लक्ष्मीकान्त पौडेलले जानकारी दिए ।

विद्यालयमा उमानाथ प्रतिष्ठान, हेमराज शर्मा प्रतिष्ठान, स्व.हेमराज रिजाल स्मृति पुरस्कार, प्रजानन्द स्मृति प्रतिभा पुरस्कार, जगदिश्वर शर्मा प्रतिभा पुरस्कार, शशिनन्द स्मृति प्रतिभा पुरस्कार हरिप्रसाद हरिमायाँ अधिकारी स्मृति प्रतिभा पुरस्कार, एकनाथ दुप्रादेवी प्रतिभा पुरस्कार, भिमप्रसाद रिजाल स्मृति पुरस्कार, शालिग्राम बचत तथा ऋण सहकारी संस्थाबाट प्रदान गरिने पुरस्कार, माधव रिजाल, गणेश रिजाल सामनाथ रिजाल जन्मदिन प्रतिभा पुरस्कार स्व. पूर्णप्रसाद दुर्गादवी ज्ञानेन्द्र स्मृति पुरस्कार लगायतका दर्जन पुरस्कारहरु विद्यालयमा स्थापना गरिएको छ ।

हरेक वर्ष बार्षिकोत्सवककै अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि उक्त पुरस्कारहरु प्रदान गरिँदै आईएको छ । बार्षिकोत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दयाराम रिजाल असल अभिभावकका तर्फबात पुर्व प्रधानाध्यापक तथा विद्यालयका सल्लाकार नरप्रसाद रिजाल र विद्यालयका जग्गादाता र चन्दादातालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त पौडेलले विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद रिजालको अध्यक्षता, शिक्षक लिलाधर रिजाल विद्यार्थी सौगात रिजाल र आकांक्षा रिजालको स्वागत, शिक्षक परशुराम रिजाल र ठाकुर प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki