Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट

bk logo final png
  • बागलुङ खबर
  • २८ कार्तिक २०८१, बुधबार १८:०१

काठमाण्डौ, २८ कार्तिक । यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।

यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् । नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।

चार वटा देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले ६ खेलमा १० अङ्क जोड्यो । यूएईको पनि ६ खेलमा १० अङ्क भए पनि नेट रन रेटका आधारमा दोस्रो भयो । यस्तै थाइल्यान्ड ६ खेलमा ४ अङ्कसहित तेस्रो र कुवेत ६ वटै खेल हारेर पुछारमा रह्यो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki