Skip to content

follow us

baglungkhabar.tv

24th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाको बागलुङ नगर एकाइगत साधारणसभा सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • १० कार्तिक २०८१, शनिबार २१:०८

बागलुङ , १० कार्तिक । बागलुङमा संचालित बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाको बागलुङ नगर एकाइगत साधारणसभा सम्पन्न भएको छ । बागलुङको बलेवामा मुख्य कार्यालय रहि विभिन्न क्षेत्रमा सेवा केन्द्र सँचालन गरेको सहकारीको १४ औ बार्षिक साधारणसभा अन्तरगत बजार क्षेत्रको एकाइगत साधारणसभा शनिबार सम्पन्न भएको हो ।

यसअघि कार्तिक ७ गते अमलाचौर र कार्तिक ९ गते पैयुपाटाका एकाइगत साधारणसभा गरेको सहकारीको मुख्य साधारणसभा कार्तिक १२ गते नारायणस्थानमा हुने भएको छ ।
बागलुङ बजार क्षेत्रको साधारणसभाको उद्घाटन गर्दै नेपाल सुचना तथा संचार केन्द्रिय सहकारी संघका संचालक एवँ जिल्ला सहकारी संघ बागलुङका संचालक खिम बहादुर कार्कीले सहकारीलाई दिगो बनाउनका लागि शेयर सदस्य केन्द्रित कारोवार हुनपर्नेमा जोड दिनुभयो ।

शेयर सदस्य केन्द्रित नहुँदा सहकारीहरु समस्यामा परेको चर्चा गर्दै कार्कीले संस्थाको मेरुदण्ड नै शेयर सदस्य भएकाले शेयर सदस्यहरुले नियमित कारोवार र निगरानी गर्नुपर्ने बताउनुभयो । उहाँले समग्र सहकारीको बिषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महसंघ गण्डकी प्रदेश सदस्य ताराप्रसाद शर्मा, सम्मानित व्यक्ति दलबहादुर कुँवर दिपक, शेयर सदस्य तथा पत्रकार संगम घर्ती मगर र संस्थाका प्रवन्धक भरत पौडेलले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा उत्कृष्ण कारोवारीको रुपमा नारायणप्रसाद शर्मा पौडेल, सरस्वती शर्मा आचार्य, बावुराम लम्साल, सागर सुवेदी र दलबहादुर कुवँरलाई सम्मान गरिएको थियो ।

कार्यक्रम बागलुङ बजार सेवा केन्द्रका संयोजक चन्द्रप्रकाश पौडेल गणेशको अध्यक्षता, उपसंयोजक प्रकाश पौडेलको स्वागत र सचिव तारानाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki