Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कोरोना विरुद्ध सचेतना जगाउँदै मुक्तिक्षेत्र दैनिकद्वारा मास्क वितरण

  • ३० श्रावण २०७७, शुक्रबार १८:३१

३० साउन, बागलुङ । बागलुङबाट प्रकाशित मुक्तिक्षेत्र दैनिक पत्रिकाले कोरोना भाईरस विरुद्ध सचेतना जगाउँदै मास्क वितरण गरेको छ । नेपालमा पनि कोरोनाको संक्रमण समुदाय स्तरमा प्रवेश गरिसकेको र सामान्य स्वास्थ्य सजगता नअपाउँदा भयावह स्थीति आउन सक्ने देखिएकाले सर्वसाधारणलाई सजता अपनाउने सचेत गराउँदै मास्क वितरण गरिएको हो । उत्तरगंगा पव्लिकेसन प्रा.लि.द्वारा विगत १० वर्षदेखि बागलुङबाट प्रकाशित हुँदै आएको पत्रिकाले शुक्रबारको अंकमा कोरोना सम्बन्धि सन्देश प्रकासित गरेर एक हजार पत्रिकासंगै एक हजार पाँच सय मास्क पत्रिकाका पाठक, सर्वसाधारण तथा अन्य व्यक्तिहरुलाई वितरण गरेको पत्रिकाका व्यवस्थापक नवराज नेपालीले बताए ।

‘बागलुङ बजार, उपल्लाचौर र रामरेखामागरी एक हजार पत्रिका र एक हजार पाँच सय मास्क वितरण गरिएको छ,’ नेपालीले भने,‘घर बाहिर निस्कदा र पसलमा बस्दा पनि अनिवार्य रुपमा मास्क लगाउन सचेत गराउँदै पत्रिकासंगै मास्क वितरण गरिएको हो ।’ पत्रिकाले शुक्रबारको अंकको पहिलो पुरै पृष्ठमा कोरोना सम्बन्धि जानगारी, स्वास्थ्यकर्मीको मनोवल बढाउने सन्देश तथा कोरोना सर्ने तरिका, यसको लक्षण तथा रोकथामका उपाय सहितको सन्देश प्रकाशित गरेको छ । मुक्तिक्षेत्र दैनिकले ‘कोरोनासंग खेलवाड नगरौं, ज्यानसंगै परिवार र जहान पनि लैदिनसक्छ’ भन्ने मुख्य सन्देश सहित विभीन्न तथ्याङ्क र जानकारी प्रकाशित गरेको छ ।

यस्तो विषम परिस्थीतिमा पत्रिकाको पनि सामाजिक उत्तर दायित्व हुने भएकाले कोरोना विरुद्ध सचेतनासंगै मास्क वितरण गरिएको उत्तरगंगा पव्लिकेसन प्रा.लि. का अध्यक्ष श्रीधर कँडेलले बताए । ‘कोरोनाको महामारीले सारा विश्व ठप्प भएको अवस्था छ, नेपाल पनि कोरोनाको फैलावट समुदाय स्तरमा देखिन सुरु भैसकेको छ,’ कँडेलले भने,‘समुदाय कोरोना देखिन थालेपछि यो अब सरकारी नियन्त्रण भन्दा टाढा जाँदैछ । त्यसैले आम नागरिक नै यसप्रति सचेत भएर आफुलाई र आफ्नो परिवारलाई जोगाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यो खालको कार्यक्रम गरिएको हो । यो पत्रिकाको पनि सामाजिक उत्तरदायित्व हो ।’

अब नेपालमा कोरोना नियन्त्रणका लागि नागरिक स्तरबाट प्रयास नभए स्थीति जटिल हुने कँडेलको भनाई छ । ‘स्वास्थ्य सजगता नअपनाउने र भौतिक दुरी कायम नगर्ने हो भने अब कोरोना को बाट कस्लाई संक्रमण भयो भन्ने थाहै नपाउने स्थीति आउनसक्छ,’ उनले भने,‘सञ्चारमाध्यम समाजमा सकारात्मक सन्देशको प्रवाह गर्ने बाहक पनि भएका कारण कोरोनाबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा उपायहरु बारे सचेत गराउने मास्क वितरण गर्ने कार्य गरिएको हो ।’ पत्रिकाको नियमित ग्राहक बनेर पढ्ने पाठक तथा अन्य सर्वसाधारणलाई पनि पत्रिकासंग मास्क वितरण गर्नुका साथै कोरोना जोखिम बढेकोले सजग रहन सचेत गराईएको थियो ।

पत्रिकाको यो कार्यलाई पाठक र सर्वसाधारणले सकारात्मक रुपमा लिएका छन् । महामारीको बेला सजगता अपाउने सन्देश दिने कार्य सह्रासनिय भएको निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद निउरेले बताए । ‘पत्रिकाको तर्फबाट यस खालको सन्देश दिने निकै राम्रो काम गर्नुभएको छ,’ उनले भने,‘यसले आम नागरिकलाई कोरोना संक्रमणबाट जोगिनका लागि सहयोग पु¥याउनेछ ।’

पत्रिकासंगै वितरण गरिएको मास्क धौलागिरिचोकमा रहेको श्रीकृष्ण मेडिको कन्सर्नका सञ्चालक अनुप कुमार श्रेष्ठ र ब्रदर्श सर्जिकल एण्ड डाइग्नोस्टिक प्रा.लि.का सञ्चालक निलु शर्माले निःशुल्क उपलब्ध गराएर सहयोग गरेका थिए । महामारीको बेला आम नागरिकलाई सेचत गराउने महत्वपूर्ण कार्य पत्रिकाले गरेकाले आफुहरुले त्यसका लागि मास्क सहयोग गरेको उनीहरुले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki