Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा लागूऔषध नियन्त्रण सम्बन्धी युवा लक्षित कार्यक्रम सम्पन्न

  • सुजन रेग्मी
  • १८ आश्विन २०८१, शुक्रबार १७:२२

सुजन रेग्मी
बागलुङ १८ असोज । समाजमा घट्ने विभिन्न अपराध तथा लागूऔषध नियन्त्रण सम्बन्धी युवा लक्षित सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजना र काठेखोला गाउँपालिका तथा अमर माध्यामिक विद्यालयको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै थापाले समाजले राम्रो गति नलिँदा नराम्रो स्थिति सृजना भएको बताउनुभयो । उहाँले लागू औषधले तपाईँ हाम्रो भविष्य भङ्ग हुने बताउनुभयो । उहाँले आफ्ना बच्चालाई घरमा काम गराउनु पर्ने र काम नगराउँदा बाहिरको लतले गर्दा यस्तो अवस्थामा पुग्ने उहाँको भनाई थियो ।उहाँले जब नकारात्मक रूपमा पसेको मान्छेलाई सकारात्मकमा ल्याउन गाह्रो हुने बताउनुभयो ।

कार्यक्रममा स्थानीय नागरिक र विद्यार्थीले लैङ्गिक हिंसा सम्बन्धी प्रश्न उठाएका थिए । कार्यक्रममा धम्जा बिहुँ प्रहरी प्रमुख अर्जुन पौडेल , कार्यपालिका सदस्य गीता देवी बिक , गुमा देवी पुन , नेकपा एमाले काठे खोला ५ का अध्यक्ष हिरा लाल सापकोटा , नेपाली काङ्ग्रेस वडा सभापति हरि सापकोटा गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा ,गाउँपालिकाका अध्यक्ष राजु थापा लगाएतले लागु औषध सम्बन्धी चेतना र बसाल्न र समाज रूपान्तरण गर्न आआफ्नो ठाउँबाट सहयोग जरुरी रहेको बताउनुभयो । लागू औषध मात्र नभएर अन्य नराम्रा कार्य गर्नेलाई कानुनले छुट नहुने उहाँहरूको भनाइ थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अपराध तथा लागू औषध सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षता काठे खोला गाउँपालिका वडा नं ५ का अध्यक्ष यामनाथ कँडेलको स्वागत मन्तव्य र महिला बालबालिका शाखा लक्ष्मी गौतमको सञ्चालनमा सम्पन्न थियो ।

कार्यक्रम ५ नं वडा कार्यालयको सभाहलमा गरिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki