Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगिता हुने

bk logo final png
  • बागलुङ खबर
  • ७ आश्विन २०८१, सोमबार ०८:२१

बागलुङ, ७ असोज । बागलुङमा पहिलो पटक गण्डकी प्रदेश अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगिता हुने भएको छ ।

जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा सोमबारदेखि छात्र र छात्रा प्रतियोगिता सुरु हुने आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

विद्यालय तहमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तले बताए । उनले कबड्डी खेल प्रतिको रुची बढाउने र जिल्ला खेलकुदमा कबड्डीको पनि उपस्थिति बलियो बनाउने लक्ष्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

अध्यक्ष पन्तले प्रतियोगितामा छात्र तर्फ १४ टिम र छात्रा तर्फ १२ टिमले सहभागिता जनाउने बताए ।

प्रतियोगितामा छात्र तर्फको विजेताले १५ हजार र उपविजेताले १० हजार तथा छात्रा तर्फको विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्नको लािग अनुमानित १ लाख ९० हजार रुपैयाँ खर्च हुने अध्यक्ष पन्तले बताए । उनले प्रतियोगिताको लागि विभिन्न संघसंस्था, सहयोगी व्यक्तिहरुबाट सहयोग संकलन गर्ने लक्ष्य लिएको बताए ।

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाउने खेल्नेछन् । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष समीक्षा थापाले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki