Skip to content

follow us

baglungkhabar.tv

13th July 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगिता हुने

bk logo final png
  • बागलुङ खबर
  • ७ आश्विन २०८१, सोमबार ०८:२१

बागलुङ, ७ असोज । बागलुङमा पहिलो पटक गण्डकी प्रदेश अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगिता हुने भएको छ ।

जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा सोमबारदेखि छात्र र छात्रा प्रतियोगिता सुरु हुने आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

विद्यालय तहमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तले बताए । उनले कबड्डी खेल प्रतिको रुची बढाउने र जिल्ला खेलकुदमा कबड्डीको पनि उपस्थिति बलियो बनाउने लक्ष्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

अध्यक्ष पन्तले प्रतियोगितामा छात्र तर्फ १४ टिम र छात्रा तर्फ १२ टिमले सहभागिता जनाउने बताए ।

प्रतियोगितामा छात्र तर्फको विजेताले १५ हजार र उपविजेताले १० हजार तथा छात्रा तर्फको विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्नको लािग अनुमानित १ लाख ९० हजार रुपैयाँ खर्च हुने अध्यक्ष पन्तले बताए । उनले प्रतियोगिताको लागि विभिन्न संघसंस्था, सहयोगी व्यक्तिहरुबाट सहयोग संकलन गर्ने लक्ष्य लिएको बताए ।

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाउने खेल्नेछन् । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष समीक्षा थापाले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

लोकप्रिय

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

दोस्रो आदर्श कपको सेमिफाइनल समिकरण पूरा

कक्षा १२ को नतिजा सार्वजनिक

लेखक रोहिणी राणाको पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक

भर्खरै

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki