Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कतारबाट नेपाल फर्कने ९,३८५ जनाको नामावली सार्वजनिक

  • ३० श्रावण २०७७, शुक्रबार १८:०९

३० साउन, कतार । कतारबाट नेपाल फर्किने ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ ।

नेपाल फर्कनका लागि व्यक्तिगत रुपमा ५ हजार ७ सय ५७ जनाले फारम भरेका छन् भने यहाँका कम्पनीले आफ्ना कामदार पठाउन ३ हजार ६ सय २८ जनाको विवरण दूतावासलाई बुझाएका छन् ।

२६ जुन देखि ११ अगष्ट २०२० सम्म राजदूतावासको अनलाइन फारम भरेका नेपालीहरुको नामावली दूतावासले प्रकाशित गरेको हो ।

दूतावासले प्रकाशित गरेको नामावलीमध्येबाट प्राथमिकताका आधारमा स्वदेश फिर्ता पठाइने छ । यसअघि दूतावासले स्वदेश फर्कनै पर्ने व्यक्तिहरुको पहिलो नामावली १२ जुनमा र दोस्रो नामावली २५ जुनमा प्रकाशित गरेको थियो ।

कोरोनाको महामारी फैलिएपछि कतारबाट चार्टर उडान मार्फत ५ हजार नेपाली स्वदेश फर्किसकेका छन् भने लकडाउन पश्चात विभिन्न कारणले मृत्यु भएका ४० नेपालीको शवसमेत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

कोभिडका कारण कतारमा हजारौं नेपालीहरुले रोजगारी गुमाएका छन् । समयमै स्वदेश फर्कन नपाउदा उनीहरु थप पीडित बनेका छन् । लामो समय नियमित हवाई उडान बन्द हुँदा यहाँ रोजगारी गुमाएर बसेका श्रमिकहरु समस्यामा रहेका छन् ।

हाल कतारमा करिव ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत छन् ।

soc: onlinekhabar

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki