Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा पनि मनाइयो संविधान दिवस

bk logo final png
  • बागलुङखबर
  • ३ आश्विन २०८१, बिहीबार २१:२३
संविधान दिवसको अवसरमा बागलुङ बजारमा निकालिएको र्यालिका तस्बिर
संविधान दिवसको अवसरमा बागलुङ बजारमा निकालिएको र्यालिका तस्बिर

बागलुङ , ३ असोज । आज असोज ३ अर्थात संविधान दिवस । आज बागलुङमा पनि संविधान दिवस मनाईएको छ ।

बागलुङमा रहेका क्रियासिल राजनितिक दल, संघसंस्था, नेपाल प्रहरी, सरकारी कर्मचारी र विद्यालयका शिक्षक र विद्यार्थीले बागलुङ नगरपालिका २ समिक्षालय चोकमा रहेको ऐतिहासिक पार्कमा जम्मा भई बजार परिक्रमा गरी बागलुङ नगरपालिका १ रामरेखामा रहेको सहित पार्कमा र्यालि परिणत भएको हो ।

सो अवसरमा गणतन्त्र र संविधान जारी भए पश्चात हालसम्म बागलुङमा भएका उपलब्धी समेटिएको ‘उपलब्धीका पाईला’ नामक स्मारिका विमोचन गरिएको थियो । संविधान सभाका सदस्यत्रय चम्फादेवी खड्का, प्रकाश शर्मा पौडेल र नरबहादुर थापाले संयुक्त रुपमा गरेका थिए ।

स्मारिका विमोचनपछि बोल्दै खड्का, पौडेल र थापाले संविधानको मूल मर्म अनुसार जनतालाई अधिकार सम्पन्न गराउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।

त्यसैगरी पुर्व सांसद बलावती शर्माले जनताको बलिदान र त्यागबाट आएको संविधानको रक्षाको लागि सबै राजनीतिक शक्ति इमान्दार बन्नुपर्ने बताइन् ।

कार्यक्रममा २५ जना जनयुद्ध तथा जनआन्दोलनका घाईते तथा सहिद परिवारलाई बागलुङ नगरपालिकाले सम्मान गरेको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख अमरबहादुर थापाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको स्वागत र जिल्ला समन्वय समितिका सुचना अधिकारी दुर्गा प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki