Skip to content

follow us

baglungkhabar.tv

2nd May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जेसीज सप्ताह मंगलबारबाट शुरु

bk logo final png
  • बागलुङ खबर
  • २६ भाद्र २०८१, बुधबार ०८:१४
जेसीज बर्ष २०२४ को उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी तस्विर ः अर्जुन कार्की
जेसीज बर्ष २०२४ को उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी तस्विर ः अर्जुन कार्की

बागलुङ, २६ भदौं । युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज बर्ष २०२४ ले यसबर्षको जेसीज सप्ताह शुरु गरेको छ ।

बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रम सहित साताव्यापी रुपमा संचालन हुने गरि जेसीज सप्ताहको शुरु गरेको हो । सप्ताहको पहिलो दिन  मंगलबार उद्घाटनसंगै युवा सम्मान कार्यक्रम गरिएको छ ।

भदौ २१ गतेसम्म संचालन हुने सप्ताहको उद्घाटन बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गर्नुभएको थियो । सो अवसरमा स्वदेश मै केहि गर्ने सोचका साथ आफ्नो व्यवसाय र उद्यम संचालन गर्नु भएको बानपा ७ निवासी ग्रिनल्याण्ड बहुउद्देश्यीय कृषि फमका संचालक ओमराज शर्मा र बानपा ३ मा मिलन ट्याटु हासउ संचालन गर्नु भएका मिलन खत्रीलाई युवा सम्मानको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा बागलुङ जेसीजको प्रतिनिधीत्व गर्दै पोखरा जेसीजले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा प्रदेशमै उत्कृष्ट हुन सफल निरुता शर्मालाई पनि सम्मान गरिएको थियो । उहाँहरुलाई सम्मान पत्र, दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो । सम्मानित व्यक्तिको परिचयन उपाध्यक्ष रोहन जिसी र प्रतिभा केसीले गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले समाज रुपान्तरणका लागि युवाहरुको भुमिका महत्वपूर्ण हुने भएकाले सिर्जनशिल हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले युवाहरुले परिवर्तनको सोच राखेर अगाडि बढ्न सकेमा मात्र समाज र देशको बिकास सम्भव हुने बताउनुभयो ।

कार्यक्रम बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एवँ नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य, नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना र सम्मानित व्यक्तिको तर्फबाट ओमराज शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ जेसीज बर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

सप्ताहको दोस्रो दिन २६ गते बुधबार अर्थात आज शेयर सम्बन्धी तालिम रहेको मुल संयोजक कँडेलले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

भर्खरै

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki