Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा चाडपर्वलक्षित सवारी साधनको अनुगमन सुरु

bk logo final png
  • बागलुङ खबर
  • २५ भाद्र २०८१, मंगलवार ०७:३७
बागलुङमा सवारी साधनको अनुगमन गर्ने क्रममा लिइएको तस्बिर तस्बिर ः सुजन रेग्मी

सुजन रेग्मी
बागलुङ, २५ भदौं । चाडपर्वमा यात्रुको सुरक्षित आवागमनलाई मध्यनजर गर्दै बागलुङमा सवारी साधनको अनुगमन सुरु गरिएको छ ।

चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका वडा नम्बर ३ रातमाटा र काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको अक्षेते बजार र बागलुङ नगरपालिका ३ को सुलडाँडामा सार्वजनिक सवारी साधनको जाँच र अनुगमन गरिएको हो । सवारी चालकले चालक अनुमति पत्र साथमा राखे/नराखेको, सवारी साधनको बिलबूक साथमै राखे/नराखेको, जाँचपास पत्र बोके/नबोकेको, यात्रुवाहक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भीडभाड गरे/नगरेको, बढी भाडा लिए/नलिएको, जस्ता विषयमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

सोमबार ३२ वटा सवारी साधनको अनुगमन गरिएको यातायात कार्यालय बागलुङका प्रमुख गोमा देवि शर्माले जानकारी दिनुभयो । उहाँले नियम उलंघन गर्ने २३ वटा सवारी साधनलाई कारवाही गरिएको बताउनुभयो । ‘३२ वटा सवारी साधनको अनुगमन गरेका थियौं,’ प्रमुख शर्माले भन्नुभयो,‘नियम उल्लंघन गर्ने २३ वटा सवारी साधनलाई कारवाही स्वरुप जरिवाना गरेका छौं । कारवाहीमा पर्नेमा २२ वटा पिकअप जीप, ६ वटा अटोरिक्सा र ४ वटा मोटरसाइकल छन् ।’

अनुगमनको क्रममा सवारी साधन चालकहरुलाई सवारी तथा ट्राफिक नियमको पालना गर्न अनुरोध गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले अनुमगनलाई निरन्तरता दिइने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा भएको अनुगमनमा यातायात कार्यालय बागलुङका प्रमुख गोमा देवि शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, ट्राफिक प्रहरी, नेपाल प्रहरी र पत्रकारको सहभागीता रहेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki