Skip to content

follow us

baglungkhabar.tv

15th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आधुनिक बागलुङ बसपार्क आंशिक रुपमा संचालन

bk logo final png
  • बागलुङ खबर
  • २४ भाद्र २०८१, सोमबार ०७:४२
बसपार्कबाट काठमाडौंको लागि छुटेको बसका चालक र यात्रुलाई बागलुङ नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष जयबहादुर केसीले खादा ओडाएर विदाई गर्दाको दृश्य तस्विर : अर्जुन कार्की

बागलुङ, २४ भदौ । बागलुङ नगरपालिका वडा नम्बर ४ दावगरामा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क आंशिक रुपमा संचालनमा आएको छ ।

गत मंगलबार भव्य उद्घाटन गरिएको बसपार्क २४ घण्टा नवित्दै सुनसान बन्न पुगेको थियो । आईतबारदेखि बसपार्कलाई आंशिक रुपमा पुनः संचालनमा ल्याएको हो । आईतबार बसपार्कदेखि धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.ले काठमाडौं र काँकरभिट्टाको लागि रात्रिबस संचालनमा ल्याएको हो ।

बसपार्कबाट काठमाडौंको लागि छुटेको बसका चालक र यात्रुलाई बागलुङ नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष जयबहादुर केसीले खादा ओडाएर विदाई गर्नुभएको थियो । यस्तै वडाअध्यक्ष केसीले म्याग्दीबाट काँकरभिट्टाको लागि छुटेको बसले यात्रु लिनको लागि बसपार्क आउँदा चालक र यात्रुलाई खादा ओडाएर विदाई गर्नुभयो ।

वडाअध्यक्ष केसीले बसपार्क संचालनमा सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आईतबारदेखि बसपार्क नियमित रुपमा संचालनमा आएको बताउनुभयो । अध्यक्ष केसीले बसपार्कमा सबै बस लैजान नसकिएपनि आंशिक रुपमा बस छुटाएको जानकारी दिनुभयो ।

विस्तारै सबै बस सेवा बसपार्कबाट नै सञ्चालन गर्ने अध्यक्ष केसीको भनाई छ । त्यसको लागि बागलुङ नगरपालिकासँग चरणबद्ध रुपमा छलफल भइरहेको उहाँले बताउनुभयो । ‘हामीले विस्तारै सबै बस सेवा बसपार्कबाटनै सञ्चालन गर्नेछौँ अहिले काउन्टर राख्ने व्यवस्था गरेका छौँ ।’ उहाँले भन्नुभयो–‘अहिलेपनि त्यहाँ केही असुविधाहरु छन् त्यस कारण जान सकेका छैनौँ ।’

पार्कमा होटल, ग्यारेज, गाडीका कर्मचारी बस्ने ठाउँ नभएको कारण तत्काललाई सबै बससेवा बसपार्कमा लैजान नसकिएको यातायात व्यवसायीले बताएका छन् । बसपार्क पूर्ण रुपमा सञ्चालनमा ल्याउनकोलागि छलफल भइरहेपनि निर्णय र सम्झौता भइनसकेको अध्यक्ष केसीले बताउनुभयो ।

बसपार्कमा सुरक्षाको लागि शसस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा सुरक्षा निगरानी गरिरहेका छन् । बसपार्कमा दीगो रुपमा सुरक्षा प्रबन्ध मिलाउनकोलागि शनिबार प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले बसपार्कमा प्रहरी बिट राख्नको लागि गण्डकी प्रदेशमा निर्णय पठाएको छ ।

बसपार्क पूर्णरुपमा सञ्चालनमा ल्याउनको लागि सम्बन्धित सबै सरोकारवालाहरुसँग छलफल भइरहेको बागलुङ नगरप्रमुख वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

बसपार्कमा ६० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

चैत्राष्टमी मेलामा हनुमान नाँच प्रदर्शन गरिने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

बलेवामा अटोरिक्सा दुर्घटना: तीन जना घाईते

बागलुङमा आज देखि गलेश्वर यातायात प्रालि संचालन

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki