Skip to content

follow us

baglungkhabar.tv

25th March 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अस्ट्रेलियाको तास्मानियामा नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि

  • ३० श्रावण २०७७, शुक्रबार १८:०७

तास्मानिया । करिब ५ वर्ष पहिला अस्ट्रेलियाको ग्रामीण राज्य तास्मानियाको लच्नेस्टनमा नेपाली युवा मित्र गुरुङ आउँदा यो क्षेत्रमा नेपालीहरुको संख्या गन्न सकिने थियो । बाटोमा नेपाली मूलका केही मानिसहरु भेट्दा पनि उनी खुसी हुन्थे रे ।

उनलाई मात्र होइन, करिब ३ वर्ष अगाडि लन्चेस्टन आएका विश्व खनालको पनि यही अनुभव छ । सुरुसुरुमा लन्चेस्टनमा अलिअलि नेपालीहरु पनि छन् है भन्दा उनीहरुसँग परिचय गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।

तर अहिले भने समय भिन्नै छ । लन्चेस्टनमा भएका नेपालीहरुको संख्या हातमा गन्न सकिने बेलाका उनीहरुलाई अहिले यहाँका गल्ली गल्लीमा नेपालीहरु देख्दा उनीहरुकै भाषामा खुसीभन्दा अचम्म लाग्छ ।

‘लन्चेस्टनमा हामी आउँदा कोही नेपाली थिएनन, अहिले काठमाडौंको पुतलीसडक जस्तै भइसक्यो,’ गुरुङ भन्छन्, ‘कहिलेकाही त आँफै नेपालमै पो छु कि जस्तो भान हुन्छ ।’

किन बढे तास्मानियामा नेपाली

तास्मानियाको राजधानी होबार्टसहित डेभनपोर्ट र लन्चेस्टनलगायतका क्षेत्रहरुमा पछिल्लो समयमा नेपालीहरुको संख्यामा वृद्धि भइरहेको छ । यद्यपि हाल कोरोना भाइरसको महामारीले गर्दा भने बसाइ सर्नेहरुको संख्यामा कमी आएको छ ।

हुन त संसारका जुनसुकै कुनामा पनि नेपालीहरुको उपस्थिति भएको सुन्न पाइन्छ । तर लन्चेस्टनमा पछिल्लो समयमा नेपालीहरुको उल्लेख्य उपस्थिति हुनुले धेरैलाई अचम्मित तुल्याएको छ ।

गत वर्ष अस्ट्रेलियन सरकारले ग्रामीण क्षेत्रमा बसोबास गरी उक्त क्षेत्रको अर्थतन्त्रमा निरन्तर योगदान दिन सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्थायी भिसा दिने नियम ल्याएपछि तास्मानिया राज्यको लन्चेस्टनमा नेपालीहरुको संख्या ह्वात्तै बढेको देखिन्छ ।

कति अवधिमा कति कति नेपालीहरु लन्चेस्टन प्रवेश गरे भन्ने यकिन तथ्यांक नभए पनि गत ४/५ महिनाको अवधिमा करिब एक हजार नेपाली विद्यार्थीहरु तास्मानिया आएका छन् ।

‘सिड्नी, मेल्बर्नमा बसेर पीआर नआउने भयो क्यारे, त्यही भएर हामी यहाँ आएका हौं,’ लन्चेस्टनको एक डिपार्टमेन्टल स्टोरमा भेटिएका तीन नेपाली युवतीहरुले एकैचोटी हाँस्दै भने ।

गत वर्ष सिड्नी, मेल्बर्न र एडिलेडलगायतका ठूला सहरहरुमा मानिसको चाप कम गर्ने उद्देश्यले गतवर्ष अस्ट्रेलियन सरकारले नयाँ ग्रामीण भिसाको नियम लागू गरेको थियो ।

सोही नियमअनुसार सहरमा बसेर स्थायी बसोबासको ठेगान नहुने भएपछि अन्तर्रास्ट्रिय विद्यार्थीहरु लगायत नेपालीहरु पनि ग्रामीण क्षेत्रमा बसाइ सरेको माइग्रेसन एजेण्टहरुको भनाइ छ ।

‘अन्य ठाउँको तुलनामा तास्मानियामा आएपछि अस्ट्रेलियामा पीआर पाउन सजिलो छ, त्यही सुविधाले तास्मानियामा अन्तर्रास्ट्रिय विद्यार्थीहरुको संख्यामा वृद्धि आएको हो,’ एक माइग्रेसन एजेण्टले भने ।

यद्यपl लन्चेस्टनमा नेपालीहरुको यकिन तथ्यांक भने कसैसँग छैन ।

लन्चेस्टनमा युवाहरुको फुटबल क्लब गठन

सोही नियमअनुसार लन्चेस्टन बसाइ सरेका नेपाली युवाहरुलाई समेटेर लन्चेस्टन नेप्लिज सकर क्लबको गठन गरिएको छ । महेन्द्रकुमार खड्काको अध्यक्षतामा गठित उक्त क्लब स्थानीय काउन्सिलमा दर्तासमेत भइसकेको छ ।

उक्त क्लबको उपाध्यक्षमा आकाश शर्मा, सचिवमा सन्तोष आचार्य, ट्रेजरमा मित्र गुरुङ रहेका छन् । सदस्यहरुमा ज्ञानेन्द्र गौतम, बिक्रम मिश्र, राजु बकबाल, नवराज दर्लामी, राकेश थापा, निर्मल राना र मुक्ति सापकोटा रहेका छन् ।

क्लब गठन गरेको करिब एक महिनाको अवधिमा उक्त क्लबमा खेल्ने खेलाडीहरुसहितको मेम्बरसिप संख्या करिब ५० जना रहेको सचिव सन्तोष आचार्यले बताए । उनका अनुसार क्लबमा आवद्ध हुन चाहनेहरुको संख्या दिनानुदिन बढ्दो छ ।

soc: onlinekhabar

Share

प्रतिक्रिया

थप समाचारहरु

नामिबियाविरुद्धको खेलमा नेपालको सहज जित

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

बालभैरव मन्दिरमा मूर्ति भित्र्‍याउने कार्य सम्पन्न

भर्खरै

प्राय नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष

बागलुङको जनसंख्या वृद्धिदर ऋणात्मक

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक

दुई जिल्लाका उपभोक्ताबीच खानेपानी विवाद

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki