Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आधुनिक बागलुङ बसपार्क मंगलबारदेखि संचालनमा

bk logo final png
  • बागलुङ खबर
  • १९ भाद्र २०८१, बुधबार ०६:२८
बागलुङ बसपार्क संचालन गर्दै गर्दा लिइएको तस्बिर
बागलुङ बसपार्क संचालन गर्दै गर्दा लिइएको तस्बिर

बागलुङ, १८ भाद्र । बागलुङ नगरपालिका वडा नम्बर ४ दावगरामा निर्माणा गरिएको आधुनिक बागलुङ बसपार्क मंगलबारदेखि संचालनमा आएको छ ।

काम थालेको २३ वर्षपछि बसपार्क संचालनमा आएको हो । मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कको उद्घाटन गरे ।

२०५८ सालमा बागलुङ नगरपालिकालाई कुल ५९ रोपनी जग्गा स्थानीयले दिएपछि बसपार्क निर्माणको काम सुरु भएको थियो । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छभने अन्य जग्गामा घडेरीका रुपमा जग्गाधनीलाई फिर्ता गर्नुपर्ने छ । ठेक्कापट्टाको कामले ढीला हुँदा २०७५ सालमा बसपार्कको शिलन्यास गरि २०७८ सालमा काम सम्पन्न गरिएको थियो । बसपार्क निर्माण सम्पन्न भएको चार वर्षपछि उद्घाटन गरेर संचालनमा ल्याएको हो ।

नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालन गर्न नसक्दा ऋण तिर्न समस्या भएको थियो । बसपार्कका सरोकारवाला, बसपार्क व्यवस्थापन समिति र बागलुङ नगरपालिकाबीच मतभेद रहँदा कामले गति लिन सकेको थिएन । बसपार्कमा जान र फर्किनको लागि पहुँचमार्गको समस्या रहेको भन्दै संचालनमा आएको थिएन । अहिले भएकै पहुँचमार्गको रुपमा रहेका सडकलाई स्तरीय बनाएर संचालन गर्ने र पछि छोटो सडकको काम गर्नेगरी बसपार्क संचालनमा ल्याएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।

नगरपालिकाले जग्गाधनीलाई प्लटिङ गरेर जग्गा फिर्ता गर्नुपर्ने लगायतका १२ बुँदे सहमति छ । बसपार्क चलेसंगै जग्गा प्लटिङ गरी जग्गाधनीलाई फिर्ताको काम थाल्ने बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठको भनाई छ । बसपार्क संचालनमा आएपछि जग्गादाता र स्थानीयबासी हर्षित बनेका छन् । ४१ जग्गादाताले २३ वर्षअघि बसपार्क निर्माणका लागि जग्गा दिएका थिए ।

बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । उनले बसपार्क संचालनमा नआउँदा चार वर्षदेखि नगरपालिकाले नगरविकास कोषलाई बार्षिक १ करोड ऋणको साँवा र व्याज भुक्तानी गरिरहेको बताए । ‘

दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउनुपर्ने नगरपालिकाको दायित्व छ । नगरप्रमुख श्रेष्ठले जग्गादाताहरुलाई बसपार्क बनाएर बाँकी रहेको जग्गा फिर्ता गर्न घडेरीको नक्सा निर्माण गरिसकेको बताए । नगरप्रमुख श्रेष्ठले जग्गादाताको नाममा जग्गा पास गर्दा खर्च लाग्ने भएकोले जग्गा पासको शुल्क छुट गरिदिन प्रदेशसरकारलाई अनुरोध समेत गरे ।

बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बसपार्क संचालनमा आउँदा आफु खुसी भएको बताए । उनले निर्माण सम्पन्न भएपछि पहुँचमार्गको अभावले समयमै बसपार्क संचालनमा आउन नसकेको बताउँदै अहिले रहेको पहुँचमार्गबाटै अहिले संचालन गर्ने र पछि मुख्यसडकमा निस्कनको लागि छाटो पहुँच मार्गको व्यवस्थापन गरिने बताए । ‘ठूला बस संचालन गर्नको लागि यातायात व्यवसायीहरुले अहिले भएको पहुँच मार्ग साँघुरो हुने बताएका छन्,’ अध्यक्ष तथा जग्गादाता राजभण्डारीले भने,‘हामीले छोटो पहुँच मार्गको लागि ट्रयाक खुलेका छौं । मुख्य सडकमा जोडिनको लागि छोटो पहुँचमार्गलाई विस्तार गरेर संचालनमा ल्याउने तयारी छ ।’ उनले बस्तीको लागि नगरपालिकाले सडक, नाली, खानेपानी र विद्युतको व्यवस्था गरिदिनुपर्ने र घडेरीको नक्सांकन गरिदिएपछि व्यवस्थापन समितिले जग्गादाताहरुलाई उपलब्ध गराउने सहमति रहेको बताए ।

बसपार्कको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कमा आवतजावतको लागि पहुँचमार्ग कालोपत्रे गर्न नगरपालिकासँग गण्डकी प्रदेश सरकारले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले बसपार्कमा आउन र जानको लागि मुख्य सडकमा निस्कन पहुँच मार्ग असहज रहेको जानकारी आएको भन्दै उक्त सडक कालोपत्रे र विस्तारको लागि सहकार्य गर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले जग्गादाताको जग्गा पासमा कर छुटमा प्रदेशको आर्थिक ऐनमा टेकेर दिनसक्ने जति छुट दिन आफु प्रतिबद्ध रहेको बताए । उनले आफुलाई सवै कर छुट दिन मन रहेको बताउँदै ऐनलाई आफुले कुल्चिन नमिल्ने र ऐनले दिन मिल्नेसम्म छुट दिन आफु प्रतिबद्ध रहेको बताए ।

मंगलबार बसपार्क मार्फत धौलागिरी गण्डकी यातायात सेवा प्रालिको बस काकरभिट्टाको लागि छुटेको थियो । बसपार्कमा एकै पटकमा ७० बस राख्ने व्यवस्था र भूमिगत ट्याक्सी पार्किङको सुविधा छ । बसपार्क सञ्चालनमा आएपछि उपल्लाचौरमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ । बागलुङमा हाल बागलुङ नगरपालिका–३ मा चिप्लेटी बसपार्क संचालनमा छ ।

बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक र धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.का अध्यक्ष उमेश के.सी.ले मन्तव्य व्यक्त गरेका थिए । बसपार्क उद्घाटनको अवसरमा तीनै जग्गादाता र अन्टार्टिकामा पुग्ने पहिलो नेपाली बागलुङ नगरपालिकाका भुवनसिंह विश्वकर्मालाई सम्मान गरिएको छ । मुख्यमन्त्री पाण्डेले जग्गादाता र विश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki