बागलुङ, १५ भदौ । १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विद्यामन्दिर पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ भदौ ११ देखि १५ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेको पुस्तकालयको शनिबार आयोजित मुल समारोहमा गरी सम्पन्न गरेका छ । कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै सांसद पाठकले प्रविधिको विकासले पुस्तकालयको महत्व घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पुस्तकालयलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका हुन् । पुस्तकालयलाई समाजसंग जोड्न आवश्यक रहेको चर्चा गर्दै पाठकले प्रविधियुक्त र व्यवस्थित पुस्तकालयका लागि गण्डकी सरकारबाट सहयोगका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए । उनले शिक्षाको विकास बिना हरेक क्षेत्रको विकास असम्भव रहेकाले पठन संस्कृतिको विकास गर्न सबैले चासो दिनुपर्ने बताए ।
कार्यक्रममा विदाई भएर जान लागेकी पुस्ताकाध्यक्ष सुशिला श्रेष्ठलाई सम्मान र निबन्ध लेखनका विजेताह?लाई गंगाप्रसाद स्मृति कोषबाट पुरस्कार प्रदान गरिएको थियो । निबन्ध लेखनमा प्रथम हुने गणेश माविकी छात्रा सदिक्षा सुनार, द्वितीय हुने न्यू ओयसिस एकेडेमिकीका छात्रा दृष्टि भण्डारी, तृतिय हुने फ्यूचर ब्राइटर माविका विशाल परियार र सान्त्वना स्थान प्राप्त गर्ने चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रमिशा केसीलाई क्रमशः चार, तीन, दुई र एक हजार नगद पुरस्कार र विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्व पुस्ताकाध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा पुस्तकालयका प्रमुख कार्यवहाक संरक्षक लालचन्द्र राजभण्डारी, सम्मानित पूर्व पुस्ताकाध्यक्ष श्रेष्ठ, सुशिला श्रेष्ठ, एनप्याव्सन बागलुङका अध्यक्ष नेत्रलाल न्यौपाने, विद्यामन्दिर माविका प्रधानाध्यापक छविरमण रेग्मी, पत्रकार महासंघ बागलुङका सचिव विजय राना र गंगाप्रसाद स्मृति कोषका संस्थापक एवम् पुस्तकालयका निवर्तमान अध्यक्ष रामप्रसाद शर्माले पुस्तकालयको महत्वबारे चर्चा गरेका थिए ।
सो अवसरमा पुस्तकालयका सल्लाहकार सदस्य श्याम श्रेष्ठले बालविकास केन्द्रका लागि शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरे ।
दिवसको अवसरमा शनिबार बिहान बालविकास केन्द्रका बालबालिका, सहजकर्ता, पुस्तकालयका पदाधिकारी, सदस्य, कर्मचारी, पत्रकार गरी १ सय बढिको निशुल्क आँखा जाँच गरिएको थियो ।
कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।