बागलुङ, १५ भाद्र । अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिताको उपाधि गुराँस विद्या सदनले जितेको छ ।
नेशनल प्याब्सन बागलुङको आयोजनामा शुक्रबार प्रिसियस एकेडेमीको सभा हलमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा फ्युचर ब्राइटर बोडिङ स्र्कुले द्वितीय स्थान तथा प्रिसियस एकेडेमीले तृतीय स्थान हासिल गनृ सफल भएका थिए । त्यस्तै कालीगण्डकी मा.वि ले सान्त्वना स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १५ हजार, ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो भने द्वितीय हुने टिमलाई १० हजार, ट्रफि र प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद ७ हजार , ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा ८ वटा विद्यालयका विद्यार्थीहरु सहभागी रहेका थिए भने सहभागी भएका सम्पूर्ण विद्यालयलाई हौसला स्वरुप नगद पाँच हजार र प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, नेशनल प्याब्सन जिल्ला अध्यक्ष तथा न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपाने, प्याब्सन नगर समितिका अध्यक्ष तथा न्यू एभरेष्ट एकेडेमीका प्रिन्सिपल कृष्ण अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेशनल प्याब्सन नगर समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, प्रिसियस एकेडेमीका प्रिन्सिपल राजनप्रसाद शर्माको स्वागत र नेशनल प्याब्सन नगर समिति सचिव निशान खड्काको सञ्चालनमा सम्पन्न्न भएको थियो ।