Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तीज नृत्य प्रतियोगिताको उपाधि गुराँस विद्या सदनलाई

bk logo final png
  • बागलुङखबर
  • १५ भाद्र २०८१, शनिबार २१:३३

बागलुङ, १५ भाद्र । अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिताको उपाधि गुराँस विद्या सदनले जितेको छ ।

नेशनल प्याब्सन बागलुङको आयोजनामा शुक्रबार प्रिसियस एकेडेमीको सभा हलमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा फ्युचर ब्राइटर बोडिङ स्र्कुले द्वितीय स्थान तथा प्रिसियस एकेडेमीले तृतीय स्थान हासिल गनृ सफल भएका थिए । त्यस्तै कालीगण्डकी मा.वि ले सान्त्वना स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १५ हजार, ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो भने द्वितीय हुने टिमलाई १० हजार, ट्रफि र प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद ७ हजार , ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा ८ वटा विद्यालयका विद्यार्थीहरु सहभागी रहेका थिए भने सहभागी भएका सम्पूर्ण विद्यालयलाई हौसला स्वरुप नगद पाँच हजार र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, नेशनल प्याब्सन जिल्ला अध्यक्ष तथा न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपाने, प्याब्सन नगर समितिका अध्यक्ष तथा न्यू एभरेष्ट एकेडेमीका प्रिन्सिपल कृष्ण अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेशनल प्याब्सन नगर समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, प्रिसियस एकेडेमीका प्रिन्सिपल राजनप्रसाद शर्माको स्वागत र नेशनल प्याब्सन नगर समिति सचिव निशान खड्काको सञ्चालनमा सम्पन्न्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki