Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा समाजवादीको सिंगो जिल्ला कमिटीनै एमालेमा समायोजन

bk logo final png
  • बागलुङ खबर
  • १४ भाद्र २०८१, शुक्रबार ०७:२८

बागलुङ, १४ भाद्र । नेकपा (एकीकृत समाजवादी)को बागलुङ जिल्ला कमिटीनै एमालेमा समायोजन भएको छ ।

बिहिबार नेकपा एमाले बागलुङले समायोजन कार्यक्रम गरेर एकीकृत समाजवादीका नेताहरुलाई पार्टीमा स्वागत गरेको हो ।

एकीकृत समाजवादी बागलुङ जिल्लाका सम्पूर्ण जनसंगठन र पेशागत संगठनहरू पनि एमालेमा समाहित भएको एमालेले जनाएको छ । एकीकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापाले एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीलाई माइनोट हस्तान्तरण गरेका थिए । एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल बहादुर थापा र केन्द्रिय सदस्य श्रीप्रसाद शर्मासहितको टीमलाई पार्टीमा स्वागत गरेका छन् ।

एमालेकी केन्द्रिय पोलिट्व्यूरो सदस्य एवं जिल्ला इन्चार्ज मन कुमारी केसी, जिल्ला अध्यक्ष हिराबहादुर केसी र सचिव गणेश बहादुर थापामगर तथा एकीकृत समाजवादीका केन्द्रिय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा र सचिव भरत पुरी बिहिवार संयुक्त विज्ञप्ति जारी गर्दै समाहित भएको घोषणा गरेका छन् । पार्टी विभाजनले कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको हुँदा एकीकृत भई अगाडि बढ्ने निर्णयमा पुगेको उनीहरूले बताएका छन् । अनुभवको जगमा उभिएर राष्ट्रिय स्वाधीनता र श्रमजीवी जनताको पक्षमा पैरवी गर्दै प्रतिशोध र जडताबाट होइन, रचनात्मक र सृजनात्मक चेतनाको विकास गर्दै अगाडी बढ्नुपर्छ भन्ने भावनाका साथ एकताबद्ध भएर अगाडी बढ्ने संकल्प गरेको विज्ञप्तीमा उल्लेख छ । उनीहरुले पार्टी समायोजन गर्दै कम्युनिष्ट आनेलनको मूल प्रवाहको रुपमा स्थापित एमालेलाई थप मजबुद्ध र बलियो बनाउने प्रण समेत गरेको विज्ञप्ती मार्फत जनाएका छन् ।

एमालेमा समाहित भएका नेकपा एसका विभिन्न तहमा रहेका नेताकार्यकर्ताहरुलाई विधानका परिधिभित्र रहेर पुर्ववत् जिम्मेवारीमा पुनस्र्थापित गर्ने र नयाँ जिम्मेवारी दिनुपर्नेलाई पार्टीका स्थापित मुल्य, मापदण्ड र योग्यताका आधारमा उपयुक्त एवं यथोचित जिम्मेवारी प्रदान गर्ने गरी एकीकरण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै नेता कार्यकर्ताहरुको उपयुक्त व्यवस्थापनलाई तात्विक निष्कर्णमा पु¥याउनको लागि एमालेका तर्फबाट मनकुमारी केसी, डा। सुर्य पाठक, इन्द्रलाल सापकोटा हिरा केसी र गणेश थापा तथा एकीकृत समाजवादीको तर्फबाट श्रीप्रसाद शर्मा, लालबहादुर थापा र भरत पुरी रहेको कार्यदल गठन गरेको छ ।

नेकपा एमालेका इन्चार्ज गुरुङले विशेष कारणले बाहिर रहेका कमरेडहरु आफ्नै घरमा फकिएको र दाजुभाईहरु विच भेट भएको बताउँदै अब पछाडी नफर्किएर कम्युनिष्ट आन्दोलनलाई थप उचाईमा पु¥याउन अगाडी बढ्नुपर्ने बताए । ‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध पार्दै अगाडि बढाउन र सामाजिक रुपान्तरणको आन्दोलनलाई थप उचाईमा पुराउन एकतावद्ध पार्टीबाट मात्रै सम्भव छ,’ गुरुङले भने,‘हिजो विशेष कारणले वाहिर रहनु भएका कमरेडहरु आज आफ्नै घरमा आउनु भएको छ । आज दाजुभाई विच पुर्नमिलन भएको छ । अव संगै मुक्तीको आन्दोलन अगाडि बढाउने छौ । अन्यत्र रहेका कमरेडहरुलाई पनि एमालेमा समायोजन हुन आग्रह गर्दछु ।’

नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य श्रीप्रसाद शर्माले नेतृत्वले जुन उद्देश्यले एमालेबाट विद्रोह गरेर समाजवादीको जन्म भएको थियो त्यसको औचित्य प्रमाणित गर्न नसकेको कारण आफु एमालेमा फर्किएको बताए । उनले ‘एमालेबाट विद्रोह गरेपछि समाजवादी निर्माण गरेका थियौं । मुख्य एजेन्डा नेपालको कम्युनिष्ट आन्दोलनलाई व्यवस्थित गर्ने, विचलन र विसंगतीहरुलाई अन्त्य गर्दै कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्ने उद्देश्यले जन्म भएको हो’ शर्माले भने,‘तर, नेतृत्व उद्देश्य अनुरुप पार्टीलाई अगाडी बढाउन चाहेन । सोही कारण पुरानै घरमा फर्किएर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने निर्णय गरेका छौं ।’

समाजवादीका जिल्ला अध्यक्ष लाल वहादुर थापाले अलग अलग रुपमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने भएकोले सिंगो जिल्ला कमिटीलाई एमालेमा समायोजन गरिएको बताए ।

एमालेका जिल्ला अध्यक्ष हिरावहादुर केसीले बागलुङबाट नयाँ सन्देश दिन यो समायोजनको कार्यक्रम आयोजना गरिएको बताए । उनले टुटफुट र विभाजनले जनताको चाहना पुरा गर्न नसकिने बताउँदै एकता आवश्यक रहेको बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki