Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

साफ यू २० : उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै

bk logo final png
  • बागलुङ खबर
  • १२ भाद्र २०८१, बुधबार ०८:५७

काठमाडौं, १२ भाद्र । साफ यू २० च्याम्पियनसिपको उपाधिका लागि आयोजक नेपालले आज बंगलादेशको सामना गर्दैछ । ।

उमेर समूहमा नेपाल उपाधिमा ह्याट्रिक गर्ने कोसिसमा रहनेछ भने बंगलादेश पहिलो उपाधि जित्ने सुरमा हुनेछ । जसको लागि नेपाल उत्कृष्ट लयमा पनि देखिएको छ । नेपाल अपराजित रहदै फाइनलमा‌ पुगेको हो । नेपालले यसअघि सन् २०१५ मा नेपालमै भएको पहिलो र भुटानमा सन् २०१७ मा भएको दोस्रो संस्करण जितेको थियो ।

प्री म्याच कन्फरेन्समा नेपालका कप्तान कुशल देउवाले टिम उपाधि जित्न तयार रहेको बताएका छन् ।

नेपाल साफ च्याम्पियनसिपको तेस्रो पटक फाइनलमा पुगेको हो । यसअघि दुवै पटक फाइनलमा पुग्दा नेपालले उपाधि जितेको थियो । यो पटक नेपाली टिम लयमा देखिएको छ । समुह चरणको दुई खेलमा श्रीलंकालाई १।० ले र बंगलादेशलाई २।१ ले हराएको थियो । सेमिफाइनलमा भुटानलाई टाइब्रकेरमा हराएर नेपाली टिम फाइनल पुगेको हो ।

बंगलादेश भने समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । तर सेमिफाइनलमा तीन पटकको विजेता तथा डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा हराएर फाइनलको यात्रा तय गरेको हो । भारतलाई हराएर फाइनल पुगेको टिममा थप आत्मविश्वासी बनेको छ ।

प्रशिक्षक मारूफुलहलले भारतलाई हराएको पुरानो कुरा भएको र नेपालसँगको फाइनल खेल नयाँ खेल हुने र यो चुनौतीपुर्ण रहने बताए । उनले नेपालको बारेमा जानकारी रहेको र सोही अनुरुप खेल्ने बताए ।

बंगलादेशका कप्तान तथा पहिलो रोजाइका गोलकिपर मेहदी हसन घाइते भएका छन् । उनको तत्काल शल्यक्रिया गर्नुपर्ने भएकोले फाइनल खेल गुमाउनेछन् । यसले टिमलाई केहि असर गर्न सक्छ । तर वैकल्पिक गोलकिपर मोहम्मद आशीफले भारत विरूद्ध टाइब्रेकरमा सानदार प्रदर्शन गरेका थिए । उनले भारतको दुई पेनाल्टी प्रहार रोकेका थिए। अब फाइनलमा गो पोष्ट सम्हाल्ने जिम्मेवारी उनलाई नै रहेको छ ।

बंगलादेश साफ‌ च्याम्पियनसिपको तीन पटकको उपविजेता हो । सन् २०१७ मा राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपाल र बंगलादेशको समान ९।९ अंक भएपनि हेड टु हेडको आधारमा नेपाल च्याम्पियन बनेको थियो । सन् २०१९ र सन २०२२ मा भने बंगलादेश फाइनलमा भारतसँग हारेको थियो।

छेटौं संस्करण सम्म आइपुग्दा नेपाल र बंगलादेशबीच चार पटक प्रतिस्पर्धा भएको छ ।‌ जहाँ नेपालले तीन खेल जित्दा एक खेलमा बराबरी नतिजा निकालेको थियो । यो अर्थ बंगलादेश विरूद्ध नेपाल अपराजित छ । साथै तीन संस्करणपछि फाइनलमा‌ पुगेको कारण उपाधि जित्ने सुनौलो अबसर नेपाली युवा टिमलाई रहेको छ ।

यो छैटौं संस्करणको च्याम्पियनसिप हो । साफले उमेर समुह भने विभिन्न संस्करणमा परिवर्तन गर्ने गरेको छ । नेपालले सन २०१५ र २०१७ को पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । बंगलादेश भने पहिलो पटक उपाधि जित्ने दाउमा रहनेछ। फाइनल खेल बुधबार २ः३० बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

फाइनल दशरथ रङ्गशालामा हुने भनिएपनि हिजो एन्फाले मैदानको अवस्थाका कारण सातदोबाटोमा नै फाइनल हुने निर्णय गरेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki