Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तीजको अवसरमा क्षेत्री समाज बागलुङले तीज विशेष कार्यक्रम गर्ने

bk logo final png
  • बागलुङ खबर
  • १० भाद्र २०८१, सोमबार ०९:२३

बागलुङ १० भाद्र । क्षेत्री समाज बागलुङले ऐतिहासिक हरितालिका तीज विशेष कार्यक्रम भदौ १५ र १६ गते गर्ने भएको छ ।

“सम्पूर्ण क्षत्रीहरु एक हौं, आफ्नो हक, हितको संरक्षण एवं प्रवर्धन गरौं” भन्ने मूल नाराका साथ क्षत्री महिला समाज बागलुङ र क्षत्री नगर समाज बागलुङको आयोजना र क्षत्री समाज बागलुङको सहयोगमा कार्यक्रम हुन लागेको क्षत्री समाज बागलुङका अध्यक्ष रुद्र वहादुर महतले जानकारी दिनुभयो ।

तीज विशेष कार्यक्रम अन्तरगत खुल्ला तीज गीत प्रतियोगिता गरिनेछ । प्रतियोगितामा एक समूहमा ७ जना कलाकार सहभागि हुन पाउनेछन् । प्रतियोगितामा प्रस्तुत गरिने तीज गीतको भाव लोक संस्कृति झल्किने, राष्टियताको भावना जागृत हुने, धार्मिक सहिष्णुता तथा जातीय सद्भाव कायम हुने र महिला सशक्तिकरणमा टेवा पुग्ने खालको हुनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने टिमले २० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँ, तेस्रो हुने टिमले १० हजार रुपैयाँ र सान्त्वना हुने टिमले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट हुने एकजना कलाकारलाई उत्कृष्ट पुरस्कार स्वरुप २००० प्रदान गरिने अध्यक्ष महतले बताउनुभयो ।

प्रत्येक टोलीलाई दर्ता शुल्क रुवरुप रु.१००० लाग्ने प्रतियोगितामा कुनै व्यक्ति, जातजाति, धर्म , राजनीतिक दल आदिलाई आक्षेप नलगाइएको मौलिक गीत गाउनुपर्ने हुन्छ । प्रतियोगितामा सहभागि हुन इच्छुकले यहि भदौ १४ गते साँझसम्म दर्ता गरिसक्नु पर्नेछ । कार्यक्रमको लागि करिब ४ लाख २९ हजार १०० रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ भने खर्चको व्यवस्थापन विभिन्न शुभेच्छुक व्यक्ति तथा संस्थाहरुबाट सहयोग उठाइएको अघ्यक्ष महतको भनाई रहेको छ ।

कार्यक्रममा विभिन्न स्थानीय तथा राष्टिय कलाकारको बेजोड प्रस्तुति पनि रहनेछ । कार्यक्रम बा.न.पा २ र ३ को ऐतिहासिक पार्क अगाडि संचालन हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

बागलुङका ७१ जना हिंसा प्रभावितलाई सेवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki