Skip to content

follow us

baglungkhabar.tv

17th May 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सहकारीमा जनताको विश्वास कमजोर भयो : प्र.म. ओली

bk logo final png
  • बागलुङ खबर
  • ५ भाद्र २०८१, बुधबार १५:५७

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही सहकारीले गर्दा सम्पूर्ण सहकारीमा जनताको विश्वास कमजोर भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै सहकारी सम्बन्धी प्रसंगमा उनले भने, ‘हजारौं सहकारीमध्ये केही सहकारी मात्रै अप्ठ्यारो परेका छन् । तिनीहरूलाई अप्ठ्यारोमा पारिएको हो । सहकारीमा गैरसहकारी तत्व प्रवेश गरेर यस्तो अवस्था आएको हो । उनीहरू सहकारी गर्नभन्दा पनि बेग्लै उद्देश्यले प्रवेश गरेर यस्तो भएको हो ।’

प्रधानमन्त्री ओलीले सहकारीलाई फेरि पनि राम्ररी अगाडि बढाउने भन्दै साना पूँजीबाट ठूला काम गर्ने बताए ।

‘साना पूँजीले ठूला काम गर्नका लागि सहकारी अगाडि बढाउन सकिन्छ । स्टार्टअप, उद्योग, कृषिको आधुनिकीकरणका लागि सहकारीले काम गर्न सक्छ,’ ओलीले भने ।

सहकारीहरू उत्पादन र सेवाका लागि योगदान दिन सकोस् भन्ने भावनासाथ अगाडि बढाउनुपर्ने भन्दै उनले अबको सहकारीको भूमिका त्यस्तो काममा हुनुपर्ने बताए ।

अनलाइन खबरमा समाचार प्रकाशित छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

लोकप्रिय

आजको राशिफल

नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

भर्खरै
लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki