Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सहकारीमा जनताको विश्वास कमजोर भयो : प्र.म. ओली

bk logo final png
  • बागलुङ खबर
  • ५ भाद्र २०८१, बुधबार १५:५७

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही सहकारीले गर्दा सम्पूर्ण सहकारीमा जनताको विश्वास कमजोर भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै सहकारी सम्बन्धी प्रसंगमा उनले भने, ‘हजारौं सहकारीमध्ये केही सहकारी मात्रै अप्ठ्यारो परेका छन् । तिनीहरूलाई अप्ठ्यारोमा पारिएको हो । सहकारीमा गैरसहकारी तत्व प्रवेश गरेर यस्तो अवस्था आएको हो । उनीहरू सहकारी गर्नभन्दा पनि बेग्लै उद्देश्यले प्रवेश गरेर यस्तो भएको हो ।’

प्रधानमन्त्री ओलीले सहकारीलाई फेरि पनि राम्ररी अगाडि बढाउने भन्दै साना पूँजीबाट ठूला काम गर्ने बताए ।

‘साना पूँजीले ठूला काम गर्नका लागि सहकारी अगाडि बढाउन सकिन्छ । स्टार्टअप, उद्योग, कृषिको आधुनिकीकरणका लागि सहकारीले काम गर्न सक्छ,’ ओलीले भने ।

सहकारीहरू उत्पादन र सेवाका लागि योगदान दिन सकोस् भन्ने भावनासाथ अगाडि बढाउनुपर्ने भन्दै उनले अबको सहकारीको भूमिका त्यस्तो काममा हुनुपर्ने बताए ।

अनलाइन खबरमा समाचार प्रकाशित छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki