Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

काभा विजेता खेलाडीले जनही तीन लाख पुरस्कार पाउने

bk logo final png
  • बागलुङखबर
  • २८ श्रावण २०८१, सोमबार १३:४५

काठमाण्डौं, २८ साउन । काभा महिला नेसन्स लिग भलिबलमा रजत पदक विजेता खेलाडीले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले काभा नेसन्स लिगमा उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँ नगद पुरस्कारका लागि सिफारिस गरेको हो । युवा तथा खेलकुद मन्त्रालयमार्पmत नेपाल सरकारसमक्ष उक्त सफारिस गरेको छ।

परिषद्को कार्यकारी समितिको बैठकले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कारका लागि उक्त निर्णय गरेको थियो। राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउनेछन्।

मुख्य प्रशिक्षकले दुई लाख पाउँदा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउने भएका छन्। गत साउन १७ देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिगमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई हराएको थियो । सोही लिगमा इरानसँग पराजित हुन पुगेको नेपालले सेमिफाइनलमा भने इरानलाई नै हराउँदै उपाधि भिडन्त तय गरेको हो। तर, फाइनलमा भने भारतसँग ३–२ ले पराजित भएपछि फेरि नेपाल उपविजेतमा नै सीमित हुन पुग्यो।

प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए। सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उपविजेता बनेको नेपाल पाँच वर्षपछि पनि घरेलु मैदानमा भारतसँग बदला लिन असफल भएको हो। सागमा पनि नेपाल भारतसँग ३–२ ले नै पराजित भएको थियो। तर, घरेलु मैदानमा गत हप्ता सम्पन्न काभाको लिगमा नेपालले भारतमाथि ३–२ को जित निकाल्यो। यो जित नै भारतमाथि महिला भलिबलमा नेपालको पहिलो र ऐतिहासिक हो।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki