Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सुत्केरी नभए पनि किन हुन्छ ‘निप्पल डिस्चार्ज’

bk logo final png
  • BAGLUNGKHABAR
  • २४ श्रावण २०८१, बिहीबार ०७:३३

सामान्यतया सुत्केरी भइसकेपछि स्तनबाट दूध आउँछ । यो नै शिशुको सम्पूर्ण आहार हो । कतिपयमा गर्भावस्थाकै बेलामा पहेंलो र सेतो तरल पदार्थ स्तनबाट निस्कन्छ भने यसलाई सामान्य मान्न सकिन्छ ।

तर कति महिलामा सुत्केरी नभई पनि दूध चुहिने हुन्छ । यसलाई सामान्य अवस्था मान्न सकिंदैन । यसलाई चलनचल्तीमा ‘निप्पल डिस्चार्ज’ भन्ने गरिन्छ ।

स्तनबाट तरल पदार्थ बग्नुमा एउटा मात्र नभई धेरै कारण हुनसक्छन् ।

के कारणले स्तनबाट स्राव हुन्छ ?

स्तन क्यान्सर

यदि महिलाको स्तनबाट रक्तमिश्रित स्राव भइरहेको छ । साथै, स्तनभित्र गाँठो छ, निप्पलमाथिको छाला बाक्लो हुँदै गएमा यी स्तन क्यान्सरका लक्षण हुनसक्छन् ।

त्यसैले कुनै महिलाको स्तनमा गाँठो अनुभव हुन्छ । र स्तनबाट रातो रङको स्राव हुन थालेमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

पिट्युटरी ग्रन्थीमा ट्युमर

मस्तिष्कमा पिट्युटरी नामक ग्रन्थी हुन्छ । यसले नै शरीरका अन्य कैयौं ग्रन्थीलाई नियन्त्रण गर्छ । यसले हर्मोनहरू उत्पादन गर्न मद्दत गर्छ, जसले वृद्धि विकास, रक्तचाप, प्रजनन् र अन्य धेरै महत्त्वपूर्ण कार्य नियन्त्रण गर्छ ।

तर कुनै कारणवश महिलाको पिट्युटरी ग्रन्थीमा ट्युमर पलाएमा यसको एक संकेतको रुपमा ‘निप्पल डिस्चार्ज’ हुनसक्छ ।

प्रोल्याक्टिन हर्मोन असन्तुलन

शरीरमा प्रोल्याक्टिन हर्मोन बढ्दा ‘निप्पल डिस्चार्ज’ हुनसक्छ । प्रोल्याक्टिनले महिलामा डिम्ब निष्कासनमा असर गर्छ, जसले महिनावारी चक्रमा नकारात्मक प्रभाव पार्छ। यस अवस्थामा शरीरले प्रोजेस्टोरोनले हर्मोन उत्पादन गर्न सक्दैन । यसको प्रभाव स्वरूप स्तनबाट असामान्य किसिमको स्राव हुन्छ ।

केही औषधी

उच्च रक्तचाप, एन्टिडिप्रेसेन्ट, एन्टिसाइकोटिक्स र सेडेटिभजस्ता मानसिक समस्यामा प्रयोग हुने औषधिहरूले गर्भावस्था र स्तनपान बाहेकको अवस्थामा स्तन स्राव गराउन सक्छ ।

यी औषधिले शरीरमा प्रोल्याक्टिन हर्मोनको उत्पादन बढाउँछ, जसले निप्पल डिस्चार्ज हुनसक्छ ।

स्तन संक्रमण

स्तनमा संक्रमण भएमा सुन्निएर पिप भरिन्छ । यस अवस्थामा निप्पल भित्रतिर गाडिएको जस्तो देखिन्छ । संक्रमणको अवस्थामा निप्पल र स्तनहरूमा दुखाइ महसुस हुनसक्छ । साथै पिप जस्तो पहेंलो बाक्लो स्राव हुनसक्छ ।

स्तनमा मासु पलाउनु

यदि कुनै कारणवश स्तनमा ‘सिस्ट’ छ भने पनि स्तनस्राव हुनसक्छ । यो समयमा हरियो र पहेंलो रङको तरल पदार्थ स्राव हुनसक्छ । कतिपय अवस्थामा रजनोवृत्ति भइसकेपछि पनि स्तनस्राव हुनसक्छ ।

स्राव कस्तो कस्तो रङको हुन्छ ?

पहेंलो र पारदर्शी : यदि यो रङको डिस्चार्ज दुवै स्तनबाट हुन्छ भने खासै चिन्ता लिनु आवश्यक छैन । तर एउटै स्तनबाट निस्किरहेको छ भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

सेतो : दूधे बच्चा हुँदा वा स्तनपान छाडेपछि पनि यस्तो स्राव देखा पर्न सक्छ । धेरै महिलामा स्तनपानबाट दूध छुटाएको दुईदेखि तीन वर्षपछि यस्तो स्राव देखिन्छ । जुन सामान्य मान्न सकिन्छ ।

रगतको रङ : स्तनको ट्युमर (प्यापिलोमा) को कारणले निप्पलबाट रातो रङको स्राव हुनसक्छ । यसबाहेक कतिपय अवस्थामा यस्तो स्राव स्तन क्यान्सरको संकेत पनि हुनसक्छ ।

हरियो : यो रङ स्तनको सिस्ट, हर्मोनल असन्तुलन वा असामान्य ग्रन्थीको स्रावको कारणले पनि हुनसक्छ ।

असामान्य रङको स्तनस्रावसँगै निप्पल वा स्तनमा कुनै प्रकारको गाँठो, घाउ, दाग र स्राव हुने, चिलाउने, सुन्निने र दुखाइको अनुभव भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।

रोकथाम तथा उपचार

थाइराइडको समस्या छ भने यसको उपचार गराउँदा स्राव हुने समस्या नियन्त्रणमा आउँछ । यदि शरीरमा हर्मोनको स्तर ठीक छैन भने यसको उपचार गराउनुपर्छ । यदि परीक्षणबाट स्तनमा संक्रमण भएमा पूरै शरीरमा फैलिने खतरा हुन्छ ।

यसले पनि उच्च ज्वरो आउन सक्छ । तसर्थ स्तन दुख्ने, सुन्निने वा कुनै भाग रातो भएमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।

यदि परिवारमा आमा, दिदीबहिनी कसैलाई पहिले नै स्तन क्यान्सर भइसकेको छ भने अन्य सदस्यलाई पनि हुनसक्ने हुँदा अझ बढी सावधानी अपनाउनु आवश्यक छ ।

स्तनको छालामा केही परिवर्तन देखिएमा वा स्तनभित्र गाँठो देखिएमा दुख्ने समस्या भएमा तुरुन्त चिकित्सककहाँ गएर समयमै उपचार गराउनुपर्छ । र, वर्षमा एक पटक म्यामोग्राफी र स्तनको अल्ट्रासाउन्ड गराउनु उपयुक्त हुन्छ । हर्मोनको कारण निप्पलबाट डिस्चार्ज भएमा पनि उपचार गराउनुपर्छ ।

स्वयं स्तन परीक्षण

स्वयं स्तन परीक्षणसँग सम्बन्धित उचित ज्ञान हुनुपर्छ । ताकि समय(समयमा यसको मूल्यांकन गरेर स्तन क्यान्सर कोषिकाहरूको वृद्धिलाई रोक्न सकिन्छ ।

बढ्दो उमेर वा रजनोवृत्तिको आसपास स्तन सम्बन्धित समस्याको जोखिम बढ्न सक्छ । त्यसकारण सधैं चिकित्सकको निगरानीमा रहनु महत्वपूर्ण छ ।
अनला्इन खबरमा समाचार रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki