Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ खानेपानी विरुद्ध अदालतमा रिट दायर

  • ३० श्रावण २०७७, शुक्रबार १७:५६

३० साउन, बागलुङ । बागलुङ बजारमा लामो समय देखि उपभोग गर्नै नमिल्ने फोहोर पानी वितरण भएको भन्दै त्यसलाई तत्काल रोकी सफा पानी वितरण गर्न माग गर्दै अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता रमेश खड्काले आफै निवेदकको रुपमा रहेर बागलुङ नगरपालिका, बागलुङ नगरपालिका कार्यपालिकाको कार्यालय, नगरप्रमुख जनकराज पौडेल, बागलुङ नगरखानेपानी उपभोक्ता संस्था बागलुङ, संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, जिल्ला जलस्रोत समिति बागलुङ तथा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाई पोखरा उच्च अदालत बागलुङ ईजलासमा रिट दायर गरेका हुन् ।

खड्काले रिट निवेदनमा बागलुङ बजारमा वितरण गरिएको फोहोर मिसिएको पानी वितरणमा तत्काल रोक लगाई सफा र पिउनयोग्य पानी वितरणको व्यवस्थाका लागि परमादेशका माग गरेका छन् । ‘अहिले बागलुङ बजारमा जुन खालको पानी वितरण भैरहेको छ, त्यो खान त परै जाओस् धुन पनि काम लाग्ने छैन,’ अधिवक्ता खड्काले भने,‘यस्तो पानी वितरण तत्काल रोकेर स्वच्छ सफा र पिउनयोग्य पानी वितरण गर्ने व्यवस्था गर्नका लागि अन्तरिम आदेशको माग गरेको छु ।’

खड्काले बागलुङ बजारका हजारौं उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड हुँदा पनि सरोकारवाला निकाय मुकदर्शक भैरहेको बताए । ‘स्थानीय शासन ऐन २०७४ ले नगरक्षेत्र भित्रको खानेपानी, फोहोर व्यवस्थापन लगायतका कुरा नगरको जिम्मेवारी भित्र पर्ने उल्लेख गरेको छ, यसलाई नगरपालिकाले कानुन निर्माण नगरी अरुलाई जिम्मा लगाउन मिल्दैन,’ उनले भने,‘नगरपालिकाले उपभोक्ता संस्थालाई देखाएर पन्छिन पाउँदैन ।’

बागलुङ नगरखानेपानी उपभोक्ता २०६४ सालमा स्थापना भएको र अहिलेसम्म जम्मा दुई वटा मात्रै साधारण सभा गरिएको भेटिएकाले संस्था नै अवैधानिक भएको बताए । ‘यो संस्था नै अवैधानिक छ, त्यसले गर्दा पनि उपभोक्ताप्रतिको जवाफदहिता र जिम्मेवारीपन देखिन्न,’ उनले भने,‘यस्तो संस्थालाई खानेपानी जस्तो दैनिक उपभोग्य वस्तुकको जिम्मा लगाउनु गैरजिम्मेवारीपन हो ।’

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki