Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

bk logo final png
  • बागलुङखबर
  • २० असार २०८१, बुधबार २०:१३

बागलुङ, १९ असार । बागलुङलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । पाँच वर्षमुनिका १७ हजार २ सय ४६ बालबालिकाले आवश्यक सबै खोप पाएपछि बागलुङलाई घोषणा गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले बुधबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो ।

बागलुङका जन्मेदेखि १५ महिनासम्मका ४ हजार १ सय ९० र १६ महिना देखि ५९ महिनासम्मका १३ हजार ५६ बालबालिकाले आवश्यक खोप पाएको घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चित बनाएर दिगोपनाको रुपमा पनि लगेकोले मन्त्री थापा र स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु थापाले जिल्ला खोप समन्वय समितिसहित ४ नगरपालिका र ६ गाउँपालिकालाई प्रमाणपत्र पनि प्रदान गर्नभएको हो ।

यो अभियानले बाल तथा मातृ मृत्युदर घटाउने विश्वास गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताउन’भएको हो।

समितिको निर्देशनमा जिल्लाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधि समेतले ८५ वटै वडाका सबै घरधुरीमा सर्भेक्षण गरेर कोही पनि बालबालिका खोप लगाउनबाट बञ्चित नभएको प्रमाणित भएपछि मात्रै यो घोषणा गरिएको हो ।

‘अब कोही पनि खोप पाउनबाट बञ्चित छैनन्,’ आचार्यले भन्नुभयो, ‘अब जटिल प्रकारका रोगबाट बालबालिकालाई बचाउन सकिन्छ ।’

आचार्यका अनुसार बिफर उन्मुलन भैसकेकोमा धनुष्टंकार, जापानिज इन्सेफ्लाइटिस, हेपाटाइटिसलगायतका रोग निवारण भएको, पोलियो शून्यमा झरेको र दादुरा तथा रुबेला रोग पनि नियन्त्रणमा आएको हो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार संविधानको धारा ३५ र स्थानीय सरकार संचालन ऐन २०७४ ले हरेक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानूनी व्यवस्था गरेको बताउन’भयो । उहाँले विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि बर्षेनी कोही नछुट्ने गरी काम भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा मन्त्री थापाले गण्डकी प्रदेशमै स्वास्थ्यको सूचक बलियो बन्दै गएको बताउनु भएको हो । उहाँले यी सूचकलाई निरन्तरता दिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki