Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

निशानले गरे कानुनी रुपमा विवाह

  • ३० श्रावण २०७७, शुक्रबार १७:५४

३० साउन, काठमाडौं । अहिले नेपाली गीतसंगीत आकाशमा गायक निशान भट्टराईले तहल्का नै मच्चाइरहेका छन्। उनी जुन गीतमा स्वर भर्छन्, त्यसले युट्युबको पारो कतिखेर चढाउँछ पत्तै हुँदैन। उनको संगीतप्रतिको लगाव, गायनको फरक शैली अनि शब्द चयनको गाम्भीर्यले उनलाई छोटो समयमै निशानामा पुर्‍यायो भन्दा दुई मत नहोला।

खिरिलो शरीर, लोभलाग्दो मायालु अनुहार अनि शब्दलाई न्याय गर्न सक्ने निखारिएको स्वरले संगीत प्रेमीलाई त उनले लोभ्याए नै, भर्खरै प्रेमको परिभाषा खोज्न लागेकादेखि प्रेम पुराणमा पीएचडी गरेकासम्मलाई उनको जादुमय स्वरले लट्ठै बनाइरहेको छ।

नेपाल आइडलको मञ्चबाट चर्चा कमाएका उनै निशान यो साता चर्चाको अर्को सिँढी उक्लिएका छन्, त्यो पनि प्रेमको निशाना ठाउँको ठाउँ लगाएर। उनले फिल्मदेखि आधुनिक र लोकगीतमा स्वर भर्दा प्रेमका अनेकौं टुक्का मिलाएका गीत गाए। तर वास्तविक जीवनमा भने उनी चलचित्र ‘छक्का पञ्जा–३’ मा आफैंले गाएको गीतको नयाँ भर्सन बनेर आए।

‘बजाएर बाजा लिन आयो राजा, मैले दिने माया सधैं हुन्छ ताजा। नमानेर कुनै लाज, छाडी आऊ माइती घर, तम्रा नाममा सारी दिउँला हाम्रा नामका घर।’ यी गीतमा बाजा बजाएर लिन आउने वाचा गरेका निशानले वास्तविक जीवनमा भने लुसुक्क आएर प्राणप्यारीको नाममा आफ्नो जीवन नामसारी गरिदिए, त्यो पनि कानुनी बाटो समातेर।

कृष्ण जन्माष्टमीको अवसर पारेर निशानले आफ्नो दुई वर्ष लामो प्रेमलाई वैधानिकता दिएका हुन्। सुरुमा फ्यान, त्यसपछि आफ्नै म्युजिक भिडियोकी मोडल, अनि प्रेमिका बनेकी काभे्रकी ऋचा न्यौपानेसँग निशानले जिल्ला अदालत काभ्रेमा कानुनी विवाह गरेका हुन्। नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं सर्वोच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रोहबरमा उनीहरूको विवाह दर्ता गरिएको हो।

अघिल्लो वर्ष रिलिज भएको ‘लाहुर जाने रेल’ बोलको गीतमा निशानले ऋचालाई मोडल बनाउँदै आफू उनका लाहुरे श्रीमान् बनेका थिए। आमा र श्रीमतीलाई घरमा छोडेर लाहुर हिँडेका निशान नफर्केपछि यो भिडियो वियोगमै सकिन्छ। म्युजिक भिडियोभन्दा पनि टिकटकमा निशान र ऋचाको जोडी निकै जम्ने गरेको थियो। ‘के माया लाग्छ र ? , उख्खुमै लाग्छ नि, मेरो याद आउँछ र ? , हुरहुरी आउँछ नि’ बोलको निशान र एलिनाको स्वर रहेको यो गीतले अहिले संगीतको बजार पिटिरहेको छ।

कानुनी रूपमा वैवाहिक जीवनमा बाँधिएपछि निशानले भने, ‘यति धेरै माया र आशीर्वाद पाएकोमा धेरै नै खुसी छौँ। हजुरहरू सबैप्रति धेरै धेरै अभार। उनले आफूहरूले रोजेको कानुनी विवाहलाई अहिलेको विषम परिस्थितिको कारण बताएका छन्।

उनले भने, ‘अहिलेको जटिल समयका कारण हामीले कानुनी विवाह गर्ने निर्णय गर्नु उचित ठान्यौं र यसलाई सफल बनायौं पनि। हजुरहरूको माया र आशीर्वाद यसरी नै कायम रहिरहने अपेक्षा गरेका छौं।’

उनीरूको विवाहको खबर बारिरिएसँगै बधाई र शुभकामना दिनेको लर्के नै लागेको छ। उनले गाएको अहिलेको हिट गीत ‘के माया लाग्छ र? ’ का रचनाकार हर्क साउद आफ्नै शैलीमा भन्छन्, ‘वैवाहिक जीवनको भारिभरकम शुभकामना भाइबुहारीलाई।’ सामाजिक सञ्जालमा पनि यो जोडीलाई शुभकामना दिने उत्तिकै देखिएका छन्। ऋचाकी दिदी रेखा लेख्छिन्, ‘सधैंभरि मभन्दा सानी भए पनि बढी व्यवहारिक भएजस्तो लाग्थ्यो। आफू बच्चै छुजस्तो लाग्छ, बहिनीको बिहे भयो। वैवाहिक जीवनको शुभकामना बहिनी ज्वाइँलाई।’

आफू पनि भखैरै विवाह बन्धनमा बाँधिएका संगीतकार र अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेलले पनि उनलाई शुभकामना दिएका छन्। ‘दाम्पत्य जीवनको शुभकामना नवजोडीलाई, ऋचालाई निशानको म्युजिक भिडियोमा फेरि देख्न पाइयोस्’, उनका शुभचिन्तकले भनेका छन्। निशानको गायकीको फ्यानसमेत रहेका फिल्म निर्माता अशोक शर्मा ठट्यौली पारामा भन्छन्, ‘अरे भाइ थाहै नदिई? तर जे गर्‍यौ ठीक गर्‍यौ। वैवाहिक जीवनको शुभकामना, भोज चाहिँ कोरोनापछि खाँउला।’ उनका गीतजस्तै निशानको वैवाहिक जीवन सफल रहेस् हाम्रो मुरी मुरी शुभकामना।

soc:annapurnapost.com
Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki