Skip to content

follow us

baglungkhabar.tv

24th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अमेरिकालाई हराउँदै भारत विश्वकपको सुपर आठमा

bk logo final png
  • बागलुङखबर
  • ३१ जेष्ठ २०८१, बिहीबार ०६:२७

काठमाडौं, ३१ जेठ । भारतले आईसीसी पुरुष टी–२० क्रिकेटको शीर्ष आठमा स्थान बनाएको छ।

तेस्रो खेलमा बुधबार अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो। जारी प्रतियोगितामा भारत अपराजित छ। भारतको जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ ।

अमेरिकाले दिएको गरेको १ सय ११ रनको लक्ष्य भारतले १० बल बाँकी छदाँ ३ विकेट गुमाएर पुरा गर्यो।

ओपनर विराट कोहलीलाई शून्य र कप्तान रोहित शर्मालाई तीन रनमा गुमाएको भारतको इनिङ्लाई सुर्यकुमार यादव र सिवम दुवेले सम्हालेका थिए।

सुर्यकुमारले नटआउट ५० रन बनाए। दुवेले अविजित ३१ रनको योगदान दिए। ऋषभ पन्त १८ रन बनाएर आउट भए।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाको सुरुवात खराब रह्यो। पहिलो ओभर बलिङ गरेका अर्शदिप सिंहले अमेरिकाको दुई विकेट लिएर दबाबमा परेको अमेरिकाले ८ विकेट गुमाएर १ सय १० रनमात्र बनाउन सकेको थियो। नीतिश कुमारले सबैभन्दा धेरै २७ रन बनाए। स्टेभन टेलरले २४ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन।

अर्शदिपले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्र ९ रन दिएका थिए। यस्तै हार्दिक पाण्येयले २ तथा अक्षर पटेलले एक विकेट लिए।

समूह एटमा रहेको भारत ६ अंक जोडेर सुपर ८ मा प्रवेश गरेको छ। अमेरिका ४ अंक सहित दोस्रो, पाकिस्तान र क्यानडा समान दुई अंक सहित तेस्रो र चौथों स्थानमा छन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki