Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अफगानिस्तानद्वारा युगान्डा विशाल अन्तरले पराजित

bk logo final png
  • बागलुङखबर
  • २२ जेष्ठ २०८१, मंगलवार ०९:५४

काठमाडौं, २२ जेठ । आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा अफगानिस्तानले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले हराएको छ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डा ५८ रनमा समेटियो। युगान्डाका लागि रोबिन्सन ओवुयाको १४ रन नै सर्वाधिक रह्यो। रियाज अलि साहले ११ रनको योगदान दिए। अन्य कुनै ब्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन्।

अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिए। नविन उल हक र रासिद खानले २र२ विकेट लिए।

त्यसअघि गुयनामा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जाद्रनले पहिलो विकेटको लागि एक सय ५४ रनको साझेदारी गरेपछि युगान्डालाई एक सय ८४ रनको लक्ष्य दिएको थियो।

अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो। गुर्बाजले ४५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ७६ रन बनाए। इब्राहिमले ४६ बलमा ९ चौका र एक छक्का हिर्काएका हुन्। पहिलो साझेदारी निकै राम्रो भएपनि अफगानिस्तानले त्यसपछि राम्रो ब्याटिङ गर्न सकेन। २९ रन जोड्दा ४ विकेट गुमाएको थियो।

युगान्डाका ब्रिआन मासादा र कोस्मास केयुताले सर्वाधिक समान २ विकेट लिए। अल्पेस रामजानीले एक विकेट हात पारे।

समूह ‘सी’ मा अफगानिस्तान र युगान्डासँगै वेष्ट इन्डिज र न्युजिल्यान्ड तथा पपुवा न्युगिनी छन्। प्रतियोगिता अन्तरगत आज इंग्लयाण्ड र स्कटल्याण्ड तथा नेपाल र नेदरल्याण्ड्स आमने सामने हुनेछन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki